रोनाल्डोको कीर्तिमानी खेलमा पोर्चुगल विजयी

काठमाडौं । ३९ वर्षीय क्रिस्टियानो रोनाल्डोको कीर्तिमानमा युरोकप–२०२४ अन्तर्गत समूह ‘डी’ को खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई हराएको छ । जर्मनीको लाइपजिगमा गए राति भएको खेलमा चेक रिपब्लिकविरुद्ध २–१ गोलको पुनरागमन जित हासिल गरेको हो ।
पोर्चुगलको जितमा फ्रान्सिस्को कन्सेईकाओले एक गोल गरे भने अर्को गोल पोर्चुगलले उपहार पाएको थियो । चेक रिपब्लिकका लागि लुकास प्रोभोडले गरेको गोल सान्त्वना बन्यो । यस खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले कुनै पनि गोल गर्न नसके पनि नयाँ कीर्तिमानी भने राखेका छन् । रोनाल्डो ६ वटा युरोकपमा सहभागी हुने पहिलो खेलाडी बनेका छन् । उनले २००४ मा पहिलो युरोकप खेलेका थिए । त्यसयता उनी लगातार छौठौं पटक खेलेका छन् ।

यो जितसँगै जारी युरोकपमा पोर्चुगलले तीन अंक हासिल गर्दै समूह ‘डी’ को दोस्रो स्थानमा छ । समान खेलबाट समान अंक रहेको टर्की शीर्ष स्थानमा छ । गए रति नै नै भएको खेलमा पहिलो पटक युरोकपमा सहभागिता जनाएको जर्जियालाई टर्कीले ३–१ गोलले पराजित गरेको हो ।

२५औं मिनेटमा मर्ट मल्डरको उत्कृष्ट भली प्रहारमा टर्कीले खेलमा अग्रता लिएको थियो । तर जर्जियालाई बराबरी गर्न धेरै समय लागेन । ३२औं मिनेटमा जर्जेस मिकाउताड्जेले जर्जियाका लागि बराबरी गरे । ६५औं मिनेटमा टर्की पुनः अग्रतामा गएको गोल उत्कृष्ट नै रहेको थियो । टर्कीले इञ्जुरी समयको अन्तिमतिर गोल गर्दै जित सुनिश्चित ग¥यो प्रतियोगिता अन्तर्गत आज जर्मनी र हंगेरी तथा क्रोयसिया र अल्बानिया आमनेसामने हुनेछन् ।