नेदरल्याण्ड्सलाई हराएको बंगलादेश सुपर–८ पुग्ने सम्भावना, बाहिरियो श्रीलंका


२०८१ जेठ ३२ शुक्रबार १०:१६ बजे

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा बंगलादेशले दोस्रो जीत हात पारेको छ । गए राति भएको खेलमा बंगलादेशले नेदरल्याण्ड्सलाई २५ रनले पराजित गरेको हो । बंगलादेशले दिएको १६० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३४ मात्र बनाउन सक्यो ।

नेदरल्याण्ड्सका लागि एनगेलब्रेक्टले २२ बलमा सर्वाधिक ३३ रन बनाए । विक्रमजित सिंहले २६, कप्तान स्कट एडवर्ड्सले २५ तथा माइकल लेभिटले १८ रन जोडे । आर्यन दत्तले १५ तथा म्याक्स ओ’डाउडले १२ रन बनाए । बंगलादेशका रिसाद हुसैनले तीन विकेट लिए । तक्षिन अहमेदले दुई विकेट लिँदा मुस्ताफिजुर रहमान, तान्जिन हसन सान्टो र महमुदुल्लाहले समान एक विकेट हात पारे ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको बंगलादेशले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १५९ रनको योगफल खडा गरेको थियो । साकिब अल हसनले सर्वाधिक ६४ रन बनाए । तान्जिन हसनले ३५ रन थप्दा महमदुल्लाहले २५ र जाकेर अलीले १४ रन थपे ।

नेदरल्यान्ड्सका आर्यन दत्त र पाउल भान मिकेरेनले समान दुई विकेट लिए । जितसँगै तीन खेलबाट चार अंक जोडेको बंगलादेशले सुपर–८ को सम्भावना बलियो बनाएको छ । बंगलादेश तालिकाको दोस्रो स्थानमा छ । समान खेलबाट दुई अंक जोडेको नेदरल्यान्ड्स तालिकाको तेस्रो स्थानमा छ ।

सोही समूहमा नेपालको २ खेलमा १ अंक रहेको छ । बंगलादेशको जितपछि श्रीलंका एक खेलअगावै प्रतियोगिताबाट बाहिरिएको छ । श्रीलंकाको ३ खेलमा १ अंक मात्र रहेको छ । दक्षिण अफ्रिका ३ खेलमा ६ अंकसहित सुपर ८ मा प्रवेश गरिसकेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७