नाला खन्दा पुरिएर तीन महिला मजदुरको मृत्यु, मेयरको घरमा ढुंगामुढा


२०८१ जेठ ३२ शुक्रबार १३:३६ बजे

रूपन्देही । नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोतीमा नाला निर्माणका लागि खाल्डो खन्ने क्रममा पुरिएर तीन मजदुरको ज्यान गएको छ । घटनापछि आक्रोशित स्थानीयले मेयर विष्णुप्रसाद भुसालको घरमा ढुंगामुढा र तोडफोड गरेका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका–२ स्थित फलफूल चोकदेखि पूर्वतर्फ ढल निकासका लागि खनेको खाल्डोमा काम गरिरहेका तीन जना महिला मजदुर पुरिएका थिए । पुरिएकामध्ये कावासोती नगरपालिका–५ लक्ष्मीनगर बस्ने ५१ वर्षीया सेती राना, २६ वर्षीया तानमाया गाहा र ३२ वर्षीय चमेली दर्लामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए ।

पहिले राना र गाहाको मात्रै शव भेटिएको थियो पछिल्लो पटक खाल्डामा पुरिएकी अर्की मजदुर चमेली दर्लामी मगरको पनि शव भेटिएको स्थानीय पत्रकार रामकुमार श्रेष्ठले जानकारी दिएका छन् । ढल निकासीको ह्यूम पाइप राख्न निर्माणाधीन नालामा काम गर्ने क्रममा माटोको ढिस्को खस्दा उनीहरु पुरिएका थिए ।

पुरिएकामध्ये दुई जनाको उद्धार गरी उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा लगिएकामा चिकित्सकले मृत घोषणा गरेको डीएसपी पौडेलले जानकारी दिए । घटनापछि स्थानीयले काममा ढिलाइ गरेको भन्दै मेयर भुसालको घरमा तोडफोड गरेपछि स्थानीय प्रशासनले सुरक्षा दिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७