जिल्ला प्रहरी कार्यालय सिरहामा मृत्त भेटिइन् प्रहरी जवान करिश्मा

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सिरहामा प्रहरी जवान मृत भेटिएकी छन् । महिला सेलमा कार्यरत जवान करिश्मा सुनार शौलाचयमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् । उनी बाँकेको खजुरा गाउँपालिका–४ की स्थानीय हुन् ।
सलको पासो लगाएर शौचालयमा झुण्डिएको अवस्थामा भेटिएकी सुनारको शव पोष्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका एक अधिकृतले जानकारी दिए । उनको मृत्युको कारण खुल्न सकेको छैन । प्रहरीले स्थानीयवासी र पत्रकारलाई कार्यालय प्रवेशमा रोक लगाएको छ ।