फुलह्याममाथि म्यानचेस्टर सिटीको फराकिलो जित, शीर्ष स्थानमा उक्लियो


२०८१ बैशाख २९ शनिबार २०:३२ बजे

काठमाडौँ । इङलिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले फुलह्याममाथि शानदार जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले फुलह्यामलाई ४–० गोल अन्तरले पराजित गरेको छ । म्यानचेस्टर सिटीको जितमा जोस्को गभारडिओलले २ गोल गरे भने फिल फोडेन र जुलियन अल्भारेजले एक एक गोल गरेका थिए । यस खेलमा खेलको ९५औं मिनेटमा फुलह्यामका इस्सा डिओपले रातो कार्ड पाएका थिए ।

यो जितपछि म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । लिगका ३६ खेलपछि म्यानचेस्टर सिटी ८५ अंक हासिल गर्दै शीर्ष स्थानमा उक्लिएको छ । अब २ खेल खेल्न बाँकी रहदा सिटीले यस सिजनको प्रिमियर लिग जित्ने सम्भावना बढी देखिएको छ । म्यानचेस्टर सिटीले लिगमा अब मे १५ मा टोटनह्यामसँग र मे १९ मा वेस्टह्यामसँग खेल्ने छ । सिटीमाथि अब दुवै खेल जित्नै पर्ने दबाब रहेको छ ।

त्यस्तै ३६ खेलमा ८३ अंकसहित आर्सनल दोस्रो स्थानमा रहेको छ । त्यसैगरी आर्सनलले आफ्ना अन्तिम दुई खेलमा आइतबार म्यानचेस्टर युनाइटेडसँग र मे १९ मा एभर्टनसँग खेल्ने तालिका रहेको छ । दुवै खेलमा जितभन्दा अन्य नतिजाले आर्सनललाई लिग उपाधिको दौडबाट बाहिर लैजाने छ । त्यसैगरी फुलह्यामको २७ खेलमा ४४ अंक रहेको छ र लिगमा १३औं स्थानमा रहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७