२१६ किलो गाँजासहित वाइबा पक्राउ

बारा । बारा प्रहरीले लागु औषध गाजासहित एक जनालाई पक्राउ गरेको छ । गाजाको कारोबार हुँदै गरेको सूचना पाएको प्रहरीले निजगढ नगरपालिका–१३ स्थित भक्तलाल बस्ने मानबहादुर बाइवाको घरमा खानतलासी गर्दा प्रतिबन्धित लागुऔषध गाजासहित एक जनालाई पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलिले शुक्रबार दिउँसो निजगढ नगरपालिका–१३ भक्तलालका २१ वर्षीय लालबहादुर वाइबालाई २१६ किलो गाँजासहित पक्राउ गरेको हो ।
घरमा खानतालासी गर्दा प्रहरीले बिक्रीका लागि तयार पारिएको गाँजासहित दुई लाख सात हजार र गाँजा ओसार पसारमा प्रयोग भएको ना ३९ प २४५३ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल समेत बरामत गरेको ईलाका प्रहरी कार्यालय निजगढ प्रमुख तथा प्रहरी निरिक्षक घनश्याम श्रेष्ठले जानकारी दिए । सवारीसहित नियन्त्रणमा लिएको वाइबालाई बारा जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।