गोर्खा वारियर : गोर्खा इतिहासको उत्कृष्ट अभिलेख


००:५२ बजे


सन् १८१६ मा नेपाल र अंग्रेजबीच भएको सुगौली सन्धिपछि लाखाैं गोर्खा सैनिकहरूले बेलायती साम्राज्यको रक्षा र बिस्तारको लागि लडेका छन् । गोर्खा भर्तीको २ सय ८ बर्षको लामो इतिहासमा ४२ वटा विरानो देशहरुमा नेपाली युवाहरुको चिहान बनेको छ । गोर्खा सैनिकहरूले सन् १८१६ देखि आजसम्मका प्रत्येक युद्धहरूको अग्रमोर्चामा रहेर बेलायतको पक्षमा लडेका छन् । यस बापत गोर्खा तेह्रवटा भिक्टोरिया क्रस, दुईवटा जर्ज क्रस सहित ७० हजार भन्दा बढी विभूषणहरु पाएका छन् । करिब ६० हजार भन्दा बढी गोरखा सैनिकहरु मारिएका छन् ।

गएको २ सय ८ वर्षमा गोर्खाहरु जहाँ–जहाँ गएर लडे । त्यहाँको कहिल्यै नमेटिने इतिहास बनाएर फर्र्किए । त्यो इतिहास कसैको लागि विरताको गाथा भयो । कसैको लागि कहिल्यै निको नहुने घाउ । गोर्खा सैनिकहरुले लडेका ती युद्व कसैको लागि प्रशंसा, कसैको घृणा र भत्सर्ना । हरेक युद्वहरुको अध्यारो र उज्यालो दुबै पाटो हुन्छ । गोर्खा सैनिकहरुले लडेका युद्वको पनि दुबै पाटो छ ।

प्रशंसा, बिरोध र भत्र्सना जोडिएका कैयन युद्व मध्ये एक हो, ‘मलाया वार’ । जहाँ गोर्खाहरुको ८ वटा बटालियनले सन् १९४८ देखि सन् १९६० सम्म अर्थात् ११ वर्ष युद्व लडे । भलै यो युद्व गोर्खाहरुको रहरको युद्व थिएन ।

प्रशंसा, बिरोध र भत्र्सना जोडिएका कैयन युद्व मध्ये एक हो, ‘मलाया वार’ । जहाँ गोर्खाहरुको ८ वटा बटालियनले सन् १९४८ देखि सन् १९६० सम्म अर्थात् ११ वर्ष युद्व लडे । भलै यो युद्व गोर्खाहरुको रहरको युद्व थिएन । मलाया कम्युनिष्ट पार्टीले गठन गरेको मलाया जनमुक्ति सेनाको विरुद्धमा यति लामो युद्व लड्न परेको थियो ।

दोस्रो विश्वयुद्वमा जापानको आत्मसमर्पणपछि मलाया संघ ब्रिटिसको कब्जामा गयो । ब्रिटिसले तोकेको गभर्नर त्यहाँका कार्यकारी शासक भए । मलायाको रबर उद्योग ब्रिटिश उद्योगीहरुको कब्जामा पर्यो । उनै रबर उद्योगीहरु मलायाका कम्युनिष्टहरुको तारो बन्यो ।

त्यसपछि मलायन कम्युनिष्ट पार्टी (एमसिपी)मा प्रतिबन्ध लगाइयो । करिब १३ हजार मलाया जनमुक्ति सेना गठन गरेर एमसिपीले ब्रिटिश विरुद्ध युद्व सुरु गर्यो । त्यही युद्व दमनका लागि ब्रिटिश सरकारले ब्रिगेड अफ गुर्खाजको तत्कालिन मौजुदा ४ रेजिमेन्ट्सका ८ बटालियन परिचालन गरेको थियो । यही ८ बटालियनले करिब ११ बर्ष युद्व लडेका थिए । उतिबेला मलाया जनमुक्ति सेनाको परिचय थियो, ‘कम्युनिष्ट डाँकू’ ।

त्यही युद्वको कथामा बनेको फिल्म हो, ‘गोर्खा वारियर’ । मलाया जनमुक्ति सेना अर्थात् ब्रिटिशले भनेको ‘कम्युनिष्ट डाँकू’ विरुद्धको युद्वमा गोर्खाहरुले कसरी बहादुरी प्रस्तुत गरे ? त्यसको वरिपरि बनेको फिल्म हो, ‘गोर्खा वारियर’ । फिल्मको निर्देशक तथा निर्माता हुन्, पूर्व गोर्खा सैनिक मिलन चाम्स । युद्वको क्रममा गोर्खा सैनिकहरुको एक पल्टनलाई दुश्मनले युद्वबन्दी बनाउछ । तिनै युद्वबन्दीहरुलाई मुक्त गर्नका लागि गोर्खाहरुको अर्को टोली खटिन्छन् । त्यही टोलीले युद्वको क्रममा देखाएको असाधरण र अभूतपूर्व बहादुरीलाई फिल्ममा प्रस्तुत गरिएको छ ।

एक गोर्खा भेट्रानले आफ्नो नातीलाई सुनाएको कथा हो यो । युद्वबन्दी बनाएका पल्टनको उद्दारमा खटिएका टोलीको कमाण्डर अर्थात् हिरो छन्, रितेश चाम्स । रितेश पनि भूतपूर्व गोर्खा सैनिक हुन्, जो अफगान युद्वमा घाइते भएका थिए । मलाया युद्व जङ्गल वारको रुपमा पनि चिनिन्छ । त्यही कारण फिल्मको मुख्य कहानी जङ्गलसँग जोडिएको छ । युद्वमा गएका लाहुरेका आमा, श्रीमती र प्रियजनहरुले खेप्नु पर्ने पीडालाई पनि जङ्गल वारसँगै प्रस्तुत गरिएको छ ।

समग्रमा यो फिल्म गोर्खा इतिहासको एउटा उत्कृष्ट अभिलेख हो । ब्रिटिशहरुको आँखाबाट यो गोर्खाहरुको असाधरण विरताको गाथा पनि हो । यद्यपि मलाया युद्वलाई एउटै कोणबाट हेरिन्न । यसको अर्को अध्यारो पाटो पनि छ, ‘गोर्खाहरुले मलायालाई कम्युनिष्टहरुको देश हुनबाट रोक्यो ।’

फिल्ममा धेरै प्रयोग भएको एउटा शब्द हो, जाँठा । जङ्गल वारको क्रममा कमाण्डरले आफ्ना सिपाहीहरुलाई हप्काउने र हौसाउने दुबै बेलामा जाँठा भन्ने शब्द खुब प्रयोग गरेका छन् । जङ्गल वारको क्रममा युद्वमा हिडेका गोर्खा सैनिकहरुको संवादले असाध्यै हसाउँछ । युद्वको क्रममा मारिएका गोर्खा सैनिकको कथाले असाध्यै रुवाउँछ । खुशी लिन लाहुर गएका कुरेर बसिरहेका आमा र श्रीमान् कुरेर बसिरहेका लाहुरेनीहरुको आँशुको कथाले मुटु पोल्छ ।

समग्रमा यो फिल्म गोर्खा इतिहासको एउटा उत्कृष्ट अभिलेख हो । ब्रिटिशहरुको आँखाबाट यो गोर्खाहरुको असाधरण विरताको गाथा पनि हो । यद्यपि मलाया युद्वलाई एउटै कोणबाट हेरिन्न । यसको अर्को अध्यारो पाटो पनि छ, ‘गोर्खाहरुले मलायालाई कम्युनिष्टहरुको देश हुनबाट रोक्यो ।’ मलायनहरुको देशभक्ति र क्रान्तिकारी युद्धलाई ब्रिटिशको रुची र आदेशमा दबाइएको थियो । तर केवल बहादुरीको कोणबाट हेर्दा गोर्खाहरुले यो युद्वमा असाधरण विरता प्रस्तुत गरेका थिए । उही ब्रिटिश र विरताको आँखाबाट त्यो इतिहास उज्यालै-उज्यालो देखिन्छ । फिल्ममा त्यही उज्यालो पाटोलाई प्रस्तुत गरिएको छ । चलचित्रमा विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राईलगायत कलाकारले अभिनय छ ।

निर्देशक तथा निर्माता मिलन चाम्स

मिलन चाम्स चिरपरिचित फिल्म निर्देशक र निर्माता हुन् । युद्वबाट सुरु भएको फिल्म युद्व सकिएपछि अन्त्य हुन्छ अर्थात् फिल्ममा युद्व नै युद्व छ । मलाया युद्व पहिलो पटक सुनेका दर्शकहरुको लागि रोमाञ्चक हुने नै भयो । तर मलाया युद्वमा सहभागी गोर्खा सैनिकहरुको कथा सुनेका, मलाया युद्वमा मारिएका गोर्खाहरुको परिवारको पीडादायी कथा बुझेकाहरुले भने पुरै चित्त बुझाउने ठाउँ भने छैन । सुधार गर्न सकिने ठाउँहरु थुप्रै छन् । मलाया युद्वले लागेका घाउका खाटाहरु अझै मेटिएका छैनन् । फिल्म हेर्दा मलाया युद्वमा सहभागी गोर्खा सैनिकहरुको मसिनो गरी ‘केस स्टडी’ गरेर फिल्म अझ राम्रो बनाएको भए हुन्थ्यो चै भन्ने लागिरहन्छ ।

हुन त गोर्खा भर्तीको असाध्यै लामो इतिहास छ । कुनै एउटा युद्वको आधारमा गोर्खा भर्तीमाथिको बिश्लेषण गर्न सकिन्न । मलाया युद्व जस्ता कैयन युद्वहरु गोर्खाहरुले लडेका छन् । गोर्खा भर्तीलाई एउटा लामो उपन्यास मान्दा मलाया वार अर्थात् ‘गोर्खा वारियर’लाई उपन्यासभित्रको सानो कथा मान्न सकिन्छ । यस कारण भन्न सकिन्छ, ‘गोर्खा वारियर’ गोर्खा भर्तीको उत्कृष्ट अभिलेख हो ।

इतिहासमा यस्ता सैयौं लाहुरेनीहरू थिए, जो बेलायतका लागि मलाया लड्न गएका लाहुरे श्रीमान्को प्रतीक्षामा जीन्दगी भर बसे । उनीहरुले सोधीरहे, ‘मेरो श्रीमान् अझै फर्किएका छैनन्, मरे कि ज्यूँदो छन् कुनै खुटखबर आएको छैन । मारिए वा जिउँदा छन्, उत्तर चाहियो ।’

मलाया युद्धको अर्को पनि कथा छ । कम्युनिष्ट दबाएबापत् ब्रिटिशले मलाया (अहिलेको मलेशिया) सरकारबाट प्रति गोर्खा सैनिक प्रति महिना प्रति व्यक्ति ४ सय ५० मलाया डलरका दरले पैसा लियो । तर गोर्खा सैनिकहरुलाई ४२ डलर मात्रै दिइयो । यही युद्धमा खटिएका गोरा सैनिकहरूलाई भने पूराका पूरा तलब दिइयो । मलाया युद्धको सुरुमा नै गोर्खा सैनिकहरूको संख्या १४ हजार ६ सय थियो । यस हिसाबले उसले मलायाबाट मात्रै गोर्खा सैनिकलाई भाडामा दिएर १ अर्ब मलयन डलर नाफा गरेको थियो ।

इतिहासमा यस्ता सैयौं लाहुरेनीहरू थिए, जो बेलायतका लागि मलाया लड्न गएका लाहुरे श्रीमान्को प्रतीक्षामा जीन्दगी भर बसे । उनीहरुले सोधीरहे, ‘मेरो श्रीमान् अझै फर्किएका छैनन्, मरे कि ज्यूँदो छन् कुनै खुटखबर आएको छैन । मारिए वा जिउँदा छन्, उत्तर चाहियो ।’ विना उत्तर प्रतिक्षामै जिवनको इह लिला समाप्त गरे । युद्धबाट जति फर्किए, ती घाउ बोकेर रित्तो हात फर्किए ।

मैले यो प्रसङ्ग यही फिल्ममा उल्लेख गर्नुपर्छ भनेको होइन । तर मलाया युद्धमा यतिठुलो बहादुरी प्रर्दशन गर्ने गोर्खाहरुमाथि त्यतिठुलो विभेद किन गरियो ? जीन्दगीभर मलाया युद्धमा गएर नफर्किएका लाहुरेका प्रतिक्षामा बसेका लाहुरेनीहरुले कसरी जीवन चलाए ? बहादुरी प्रर्दशनपछि रित्तो हात फर्किका गोर्खाहरुको मनमा कस्तो आँधीहुरी चल्यो ? जरुर यो सम्झना पनि हामीले गरीरहनु पर्छ ।

लेखक चिनारी

राजेश राई
राई नयाँ पेजका प्रधान सम्पादक हुन् । लेखकका अरु सामाग्री
प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७