मूल्यहीन सिक्का


२०८० फाल्गुण १२ शनिबार ०२:२४ बजे

१९९० सालको महाभूकम्पमा कमलाले १० वर्ष मात्रै टेकेकी थिइन् । निकै ठूलो क्षति भएको त्यस भूकम्पमा उनको गाउँका धेरैले धेरै चिज गुमाए । कोही दम्पतीबिहीन भए, कोही टुहुरा भए भने कोही निःसन्तान भए । कति धनमाल क्षति भए त्यसको त लेखाजोखा नै भएन । दर्दनाक कहानी बोकेको त्यस भूकम्पमा परिवारिक सदस्य गुमाउनेमध्येकी एक हुन् कमला । ममतामयी आमा गुमाएसँगै उनको रेखदेख र लालनपालनको जिम्मेवारी बुवा हरिहरको काँधमा पर्‍यो ।

जीवन संगिनी गुमाउँदाको पीडा बिर्सेर छोरीको हेरचाह र घरको पुनर्निर्माण उनको एकल दायित्व बन्यो । भूकम्पले भत्किएका घरहरु असरल्ल छरिएका थिए । खण्डहर बनेका ती भग्नावशेषले भूकम्पमा ज्यान बचेकाहरुलाई गिज्याइरहेझैं लाग्थ्यो । जोखिमयुक्त घरहरुले जुनसुकै बेला थप क्षति गर्न सक्ने भएकाले गाउँलेहरु निकै दिनको मेहनतबाट जीर्ण भएका घरहरु भत्काई नयाँ संरचना तयार गर्न लागे ।

आखिर पीडामा छटपटिएर मात्रै त समस्याको समाधान हुँदैन थियो । जति नै ठूलो चोट पाए पनि त्यसलाई बिर्सेर अगाडि बढ्नुको बिकल्प थिएन । विस्तारै सबैले भूकम्पको पीडा भुल्ने कोशिस गर्दै गए । यसक्रममा कतिले कर्तव्य ठानी बचेका परिवारलाई साथ दिई लालावाला हुर्काउन लागे भने कतिले जीवन सहजताका खातिर नयाँ घरजम समेत गर्न थाले । जे जसरी होस्, उनीहरु पीडा भुल्न लागे । गाउँले पुरानै लय समात्यो । जनजीवन सामान्य हुँदै गयो ।


श्रीमती गुमाएपछि एक्ली छोरी कमलाको हेरचाह गर्दै आईरहेको हरिहरलाई एक्लै घरधन्दा, मेलापात र छोरीको हेरचाह गर्न हम्मे–हम्मे पर्न थाल्यो । २ वर्षपछि उनले मनमायासँग दोश्रो विवाह गरे । केहि वर्षसम्म त मनमायाले कमलाको राम्रै हेरविचार गरिन् ।

श्रीमती गुमाएपछि एक्ली छोरी कमलाको हेरचाह गर्दै आईरहेको हरिहरलाई एक्लै घरधन्दा, मेलापात र छोरीको हेरचाह गर्न हम्मे–हम्मे पर्न थाल्यो । २ वर्षपछि उनले मनमायासँग दोश्रो विवाह गरे । केहि वर्षसम्म त मनमायाले कमलाको राम्रै हेरविचार गरिन् । जब उनको कोखबाट एक छोराको जन्म भयो त्यसपछि भने समय बदलियो । विस्तारै छोरी कमलाको हेर विचारमा कमी हुन थाल्यो । उनको दिनचर्या समेत बदलिन थाल्यो । घरको सारा धन्दा उनको कर्तव्य बन्न पुग्यो । दिनभरिको काम र सौतेनी आमाको कचकचले उनी दिक्दार हुन थालिन् ।

समयसँगै कमलाको पनि उमेर बढ्दै थियो । १५ वर्ष पुगेकी उनलाई सौतेनी आमाको व्यवहार दिन प्रतिदिन नराम्रो हुँदै थियो । गाली र पिटाई उनको दैनिकी बन्दै गइरहेको थियो । उनीमाथि प्रयोग हुने अलच्छिनी, कुलंघार्नी जस्ता अपशब्दहरूले मनमा गहिरो चोट दिंदै थिए । आफ्नाहरुको समेत व्यवहार बदलिएपछि आफ्नै घर मसानघाट र आफू सुत्ने ओछ्यान चिताझैं लाग्न थालेको थियो । उनको मन मिल्ने दौंतरी कोहि थिएन ।

मनको भावना साटासाट गर्ने र सल्लाह दिने कोही नभएपछि आफ्नो भाग्यलाई दोष दिई कहिले टोलाउने त कहिले रोएर मन शान्त पार्ने बाहेक अर्को उपाय थिएन उनीसँग । यसैक्रममा छिमेकी धनराज उनीसँग नजिकिन थाले । बिरानो लागेको यो संसारमा कोही नजिक भएकोमा खुशी हुन थालिन् । भूकम्पमा आफ्नो बुबालाई गुमाए पछि एक्ली आमाको साहारा बनेको धनराजसँग उनको भावना मिल्दै गयो । धनराजसँग आफ्नो मनको बह फुकाउन पाउँदा उनको मन हलुंगो हुन थाल्यो । मेलापात, घाँस दाउरामा भेटघाट भइरहने उनीहरूबीच हिमचिम बढदै गयो ।

तर निष्ठुरी कालको अगाडि कसैको केही सिप चलेन कालले धनराजलाई अकालमै टिपेर लग्यो । दुई जना लाबालालाई हुर्काई बढाई पढाउने जिम्मा कमला एक्लैको काँधमा पुग्यो । दिन प्रतिदिन बालबच्चाहरु ठूला हुँदै गए । आफ्नो बच्चाहरुले बेलाबेलामा आमा हाम्रो बा खै त ?

उमेर परिपक्व हुन नपाउँदै जीवन संघर्षको पर्याय ठानेकी कमलाले कलिलै उमेरमा धनराजसँग विवाह गर्ने निधो गरिन् । उनीहरुको सम्बन्धबारे गाउँमा अड्कलबाजी समेत भइसकेको थियो । एक कान, दुई कान, मैदान हुँदै गाउँभरी हल्ला फिंजिन लाग्यो । आफ्नो चाहना बुबा र सौतेनी आमालाई बताउन नसकेकी उनलाई यो हल्लाले पारिवारिक सहजता थप्यो । उनका बुबाले छोरीको विवाह रीति रिवाज परम्परा अनुसार धनराजसँग गरिदिए । गाउँमा उनीहरुको जोडीको खुबै प्रशंसा हुन्थ्यो । दुःखमा हुर्केकी छोरीले घरजम गरेको देख्दा हरिहरको मन प्रफुल्लित भएको थियो ।

उनीहरुको एक छोरा र एक छोरीको जन्म पनि भयो । बिधिको विडम्बना दैवको आँखा तिनै जोडीमाथि पर्‍यो । एक दिन अचानक धनराजलाई झाडापखाला लाग्यो । गाउँका धामी झाँक्री र वैद्यले जाने सके जति औषधि मूलो गरे तर उनको व्यथा बीसको उन्नाईस पनि भएन । सबै गाउँले भेला जम्मा भई सबै देवी देवताको पुजा गरे । तर निष्ठुरी कालको अगाडि कसैको केही सिप चलेन कालले धनराजलाई अकालमै टिपेर लग्यो । दुई जना लाबालालाई हुर्काई बढाई पढाउने जिम्मा कमला एक्लैको काँधमा पुग्यो । दिन प्रतिदिन बालबच्चाहरु ठूला हुँदै गए । आफ्नो बच्चाहरुले बेलाबेलामा आमा हाम्रो बा खै त ? भन्ने प्रश्न गर्दा उनी भक्कानिन्थिन् । उनीहरुलाई जवाफ दिने हिम्मत हुँदैन थियो । अनेकौ बहाना गर्दै कुरा अन्तै मोड्ने गर्थिन् ।


दुःखजिलो गरी बच्चाहरुलाई हुर्काइन् । गाउँकै विद्यालयमा प्राथमिक तहसम्मको शिक्षा पनि दिलाइन् । उमेर बढेपछि बिहेवारी पनि गराइन् । दैनिक मेला पर्वबाट पाएको ज्यालाबाट आफ्नो गुजारा चलाउँदै आएकी उनले छोराछोरीको विवाह साहुबाट ऋण लिई गरेकी थिइन् । चर्को ब्याजमा ऋण लिन घर जग्गा बन्धकी राखेकी उनलाई त्यो ऋण निकै भारी प-यो । छोराको बिहेपछि केही समय सासु बुहारीको सम्बन्ध राम्रै भएता पनि उनीहरुको सम्बन्ध लामो समयसम्म सौहार्द हुन सकेन । मुखाले स्वभावकी बुहारीले केहि महिनामै सासुलाई अपमान गर्न थालिन् ।

अनेक बिन्ती भाउ गर्दा पनि ढुङ्गा जस्तो मन भएका साहुले उनको पुकार सुनेनन् । साहुले जग्गा हडपे र उनी जमिनबिहीन भइन् । अन्ततः उनी आफ्नै थात थलोमा बिरानो भइन् । आफ्नो सम्पत्ति केहि नभए पनि जीवन जिउने अभिलाशा मरेको थिएन ।

छोराले सम्झाई बुझाई गर्दा पनि बुहारीको व्यवहार परिवर्तन भएन । बरु श्रीमानलाई सासुको बारेमा नानाथरीका कुरा सुनाउन थालिन् । उनी दिनदिनै सासुप्रति थप क्रुर बन्दै गइन् । समयक्रममा छोराले पनि श्रीमतीको लहैलहैमा लागि श्रीमतिसहित घर छोडेर नजिकैको बजारमा गई पसल चलाएर बस्न थाले । छोरा बुहारीको साथ नपाएपछि एक्लै बसेकी उनले साहुको ऋणको व्याजबापत ऋणको दुईगुणा रकम तिरिसकेकी थिइन् । तर साँवा भने चुक्ता गर्न सकेकी थिइनन् । अनेक बिन्ती भाउ गर्दा पनि ढुङ्गा जस्तो मन भएका साहुले उनको पुकार सुनेनन् । साहुले जग्गा हडपे र उनी जमिनबिहीन भइन् । अन्ततः उनी आफ्नै थात थलोमा बिरानो भइन् । आफ्नो सम्पत्ति केहि नभए पनि जीवन जिउने अभिलाशा मरेको थिएन ।

बचेखुचेका केही भाँडाकुँडासहितको पोको बनाई डोकोमा हाली छोराको डेरामा बास माग्न पुगिन् । छोराले आमालाई दुःख–सुख गरी सँगै राख्ने मनस्थिति बनाएता पनि श्रीमतिको कारण लाचार उसले आमालाई सँगै राख्न सकेन । उनको आशा र भरोसा नराम्रोसँग टुट्यो । बुहारीको कारण छोराले हैरानी खेप्नु नपरोस भनेर उही राति छोरीको घरमा शरण लिन पुगिन् । केही समय छोरीको घरमा बसेकी उनलाई छोरीको घरको आर्थिक अवस्थाले त्यहाँ नबस्न बिबश बनायो । अन्ततः लाहुर जाने युवाको साथ लागि पैदल हिंडी काठमाडौँ गई बस्ने निधो गरिन् । गाउँकै एक जना भारतीय सेनाका रिटायर्ड सुवेदार काठमाडौँमा बस्दथे । लाहुर जाने युवाहरूलाई लक्षित गरि खाना खाने होटल खोलेका थिए । शुरु शुरुका दिनहरुमा कमलाले त्यहिं होटलमा भाँडा माझ्ने काम गर्न थालिन् ।

बुढेसकालमा होटलको जुठो भाँडा माझ्न विवश उनलाई झन दुःख थपियो । दुःखीलाई भगवानले सधै दुःख दिन्छन् भनेझैं भयो । उनी भ-याङ्गबाट लडिन् र एउटा हाँत भाँचियो । उनको उपचार गर्ने कोही भएन । बिस्तारै त्यो हातले काम गर्न छाड्यो । काम मात्रै प्यारो हुने संसारमा होटल साहुजीले पो उनीप्रति किन दया देखाउँथ्यो र ! उनको स्थानमा अर्कै मानिसलाई काम दिएपछि त्यहाँबाट समेत उनी टाढिनुपर्‍यो । आफ्नो मेहनतले खाने बानी परेकी उनी अन्ततः गलिन् । दुनियासामु हात फैलाएर माग्ने र पेट पाल्ने निधो गरिन् । पशुपति नजिकैको सत्तल उनको आश्रयस्थल बन्यो । अब उनको भन्नु नै उनीसँगै बसेका वृद्ध महिलाहरु भए । दैनिक पशुपति दर्शन गर्न आउने दर्शनार्थी र मेला पर्वमा जम्मा हुने भक्तालुबाट प्राप्त सिक्काबाट दैनिक हातमुख जोर्न थालिन् । अनि बचेखुचेका सिक्काहरु एउटा सानो बोरामा जम्मा गर्न थालिन् ।

उनीसँग अब कुनै ठूलो सपना थिएन । बस्, साँझ बिहानको छाक टार्न चाहिने २–४ पैसा बाहेक उनको खर्च गर्ने ठाउँ पनि थिएन । काठमाडौंको वर्षा, कठ्यङ्ग्रिदो जाडो अनि प्रदूषणयुक्त हावालाई सजिलै पचाई सकेकी थिइन् । करिब २५ वर्ष त्यही सत्तलमा मागेरै बसिन् अनि सिक्का जम्मा गर्दै रहिन् । मन्दिरमा आवतजावत गर्नेहरूको सामु हात फैलाएर माग्न उनलाई कुनै संकोच थिएन । कहिलेकांहि पशुपति दर्शन गर्न आउने उनका पुर्ख्यौली थलोका मानिसहरूले हेर यो कमलाको के बिजोग भए छ नि भनेको कुरा नसुनेको पनि हैन तर ती शब्दहरूले उनलाई खासै अर्थ राखेन । बेला बेलामा आफू जन्मेको भूमि र आफन्तहरूलाई नसम्झेको पनि हैन तर पनि दुःखको बेलामा कहिं कतैबाट सहारा नपाएकी उनले आफ्नो जन्मभूमि र आफन्तसँगको सम्बन्ध टुटेको आभाष गरिसकेकी

थिइन् । कैयौँ पटक छोरा र बुहारी काठमाडौं आउँदा पनि एक पटक समेत उनलाई भेट्न आएका थिएनन् । एक पटक छोरीले आमाको बिजोग भयो, घरमा लगेर पाल्छु भनी अनेक प्रयत्न गर्दा पनि उनले आफूले आश्रय लिइरहेको सत्तल छोड्न सकिनन् । उनलाई आफ्नो थात थलो भन्दा पनि सत्तलसँग गहिरो माया र स्नेह थियो । आफ्नो भन्नेहरू भन्दा पनि सात पुस्तासँग पनि साइनो नजोडेका भिक्षादान गर्ने दर्शनार्थी र भक्तालुहरू नै आफन्त हुन जस्तो लाग्न थालेको थियो उनलाई ।

कमलाको सत्तल उनको लागि मात्र आश्रयस्थल थिएन । उनी जस्तै करिब आधा दर्जन बृद्ध महिलाहरूको आश्रयस्थल थियो । कोही आफन्त नै नभएका, कोही आफ्नै भन्नेहरुबाट तिरस्कृत भएका त कोही आफ्नाहरुलाई गुमाई सहाराविहीन भएकाहरु थिए । सबका आ–आफ्नै कथा व्यथा थिए । तर उनीहरुको कोही कसैसँग पनि गुनासो थिएन । गुनासो थियो त केवल आफ्नै भाग्यसँग । कहिलेकाही मध्यरातसम्म उनीहरु एक अर्काको कथा व्यथा सुनाएर लामो बात मार्थे । जसरी बृद्धाहरूको अवस्था नाजुक थियो त्यसरी नै सत्तल पनि जीर्ण भई सकेको थियो । वर्षातको बेलामा छानो चुहिएर रातको समयमा ओच्छ्यान यताउता सार्दैमा वित्थ्यो ।

कमलाको ज्यानमा त्यति सञ्चो भईरहेको थिएन । राति उनलाई अत्यन्त गाह्रो भईरहेको थियो । पानी प्यास लागेर छटपटी भयो । सँगै सुतेका वृद्ध महिलाहरुले पानी खुवाउन खोजे तर एक घुट्को पनि निल्न सकिन । उनलाई आकाशले थिचे जस्तो र जमिन भासे जस्तो महसुस भयो । शरीरमा आगो बले जस्तो भयो । जीवनको अन्तिम अवस्थामा पुगेको महसुस गरिन् । आफ्ना भन्नेहरुको याद आयो । नजिक कोही भएका भए अन्तिम अवस्थामा साथ दिन्थेकी भन्ने लाग्यो । आफूले वर्षौसम्म दुनियाँसामु हात फैलाई मागेर जम्मा गरेको ३ बोरा सिक्का र १ बोरा साना–साना दरका नोटहरु कसलाई दिने होला भनेर सोच्न थालिन् । आफ्नै छोराको हातमा जिम्मा लगाउन पाए हुन्थ्यो भन्ने इच्छा जाग्यो । यो उनको अन्तिम ईच्छा पनि भयो । यति सोच्दा सोच्दै उनी यस धर्तिबाट सदाका लागि विदा भइन् ।

वर्षौ लगाएर मागी जम्मा गरेका सिक्काका बोराहरु असरल्ल छाडी त्यही सत्तल छेउ मृत शरीर लम्पसार पर्‍यो । विहानै मन्दिर दर्शन गर्ने आउने दर्शनार्थीहरुले उनको शव देखी प्रहरीलाई खबर गरे । निकैबेर कुर्दासम्म उनको शवको जिम्मा लिन कोही आएन । प्रहरीले कानूनी प्रकृया पुरा गरे ।

वर्षौ लगाएर मागी जम्मा गरेका सिक्काका बोराहरु असरल्ल छाडी त्यही सत्तल छेउ मृत शरीर लम्पसार पर्‍यो । विहानै मन्दिर दर्शन गर्ने आउने दर्शनार्थीहरुले उनको शव देखी प्रहरीलाई खबर गरे । निकैबेर कुर्दासम्म उनको शवको जिम्मा लिन कोही आएन । प्रहरीले कानूनी प्रकृया पुरा गरे । बेवारिसे शव शवगृहमा र सिक्का प्रहरी कार्यालयमा सुरक्षित राखे । बर्षौसम्म मागेर जम्मा गरेको सिक्का न त उनको जीवनकालमा काम लाग्यो न त उनका सन्तान दरसन्तानलाई ! ती सबै मूल्यहीन भए जसरी उनको जीवन भएथ्यो ।

छोराले आमा जिउँदो भइञ्जेल कहिले पनि उनको याद गरेन । आमाको मृत्युको खबर एक कान दुई कान हुँदै गाउँसम्म पुग्यो । त्यस दिन छोरालाई दिनमा भोक र रातमा निन्द्रा लागेन । आफ्नो बालापनका यादहरु ताजा हुँदै गए । आमाले पिठ्युँमा बोकेर घाँस दाउरा गरेको, छिमेकीको खेतबारीमा खेतालो जाँदा दिएको खाजा पोल्टामा पोका पारी ल्याएर आफूलाई खान दिएको, आफूले बनिबुतो गरेर कमाएको पैसाले दशैमा नयाँ लुगा किनिदिएको दृश्यहरु आँखा वरिपरी घुम्न थाले । भोलिपल्ट बिहानै उठेर काठमाडौँतर्फ हिंड्यो । सोधी खोजी गर्दै आमाको आश्रयस्थलमा पुग्यो ।

सत्तलमा रहेका अन्य बृद्धा महिलाहरू उसको आमाको मृत्यु शोकमा भावविह्वल भएको पायो । उनका आँखाले सवै बृद्ध महिलाहरुलाई आफ्नै आमा देख्न थाले । आमाप्रतिको कर्तव्य ननिभाएकोमा ठूलो पश्चतापबोध भयो । आमाको योगदान र मूल्य नबुझेको अनि आमाको चित्त दुखाएकोले आफूले आमाको श्राप पाएको महसुस गर्‍यो । एकपटक सबै वृद्ध महिलाहरूलाई हेर्‍यो र डराई डराई आमाको सन्देश बुझ्न चाह्यो । उनको मृत्युपछि तिमी खोज्न आयौँ भने आशीर्वाद सुनाई दिनु भन्ने आमाको सन्देश सुनेपछि उ मुर्छित भयो । एकछिन पछि होशमा आएको उ भाव विह्वल भई रुन कराउन थाल्यो । यस कारुणिक दृश्यले सत्तलमा रहेका सबैको गह भरियो ।

लेखक चिनारी

मिम बहादुर लामा
लेखकका अरु सामाग्री
प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७