विक्रम हुमागाईंले सम्हाले रौतहट सशस्त्र प्रहरीको कमाण्ड

रौतहट । सशस्त्र प्रहरीका एसपी बिक्रम हुमागाईंले रौतहट जिल्लास्थित सशस्त्र प्रहरीको कमाण्ड सम्हालेका छन् । एसपी हुमागाईंले सशस्त्र प्रहरी बल ११ नम्बर हेक्वा रौतहटको प्रमुखको रूपमा जिम्मेवारी सम्भालेका हुन् ।
सशस्त्र प्रहरी बल बराह बाहिनी मुख्यालय सुनसरीबाट सरुवा भएर आएका एसपी हुमागाईं विधिवत रूपमा बुधबार सशस्त्र प्रहरी रौतहटको प्रमुखको जिम्मेवारी सम्भालेका हुन् । २०५९ सालमा उनी इन्स्पेक्टरबाट सशस्त्र प्रहरी सेवामा प्रवेश गरेका थिए । यसअघि सशस्त्र प्रहरी रौतहटका जिल्ला प्रमुख एसपी माधव रेग्मीको सशस्त्र प्रहरी बल नेपाल प्रशासन कार्यालय सीमा सुरक्षा विभाग काठमाडौँ सरुवा भएको छ ।