त्रिभुवन विमानस्थलबाट झण्डै एक किलो सुनसहित भारतीय नागरिक पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना भारतीय नागरिक सुनसहित पक्राउ परेका छन् ।
सोमबार राति फ्लाइ दुबईको फ्लाइटमा दुबईबाट काठमाडौं आएका एक जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेलबाट पक्राउ गरेको हो ।
अर्धठोस अवस्थामा रहेको करिब ८ सय ५५ ग्राम सुनसहित ३५ वर्षीय भारतीय नागरिक शरिफ अहमद अब्दुल गफुर पक्राउ परेका हुन् । विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा भन्सार छलेर लैजान लागेको उक्त सुनसहित पक्राउ परेका हुन् । प्रहरीले उनीमाथि थप अनुसन्धानका लागि भन्सार कार्यालयमा पठाउने तयारी गरेको छ ।