भोलिदेखि संसद चल्ने, सभामुख घिमिरेले गरे बैठक कक्ष अवलोकन (तस्वीरहरु)
काठमाडौं । संघीय संसदको अधिवेशन सुरु हुने भएपछि सभामुख देवराज घिमिरेले बैठक कक्षको अवलोकन गरेका छन् ।
भोलि (सोमबार) बाट संसदको अधिवेशन सुरु हुने भएपछि आइतबार सभामुख घिमिरे, उपसभामुख इन्दिरा रानासहितले बैठक कक्षसहितको अवलोकन गरेका हुन् । सोमबार अपरान्ह ४ बजे संघीय संसदको दुवै सदनको अधिवेशन सुरु हुनेगरी राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेका छन् ।