असंलग्न राष्ट्रहरूको सम्मेलन : अरु देशबाट मन्त्री, नेपालबाट प्रधानमन्त्री (तस्वीरहरू)

काठमाडौं । असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को १९ औं सम्मेलनमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगाण्डा पुगेका छन् ।

प्रचण्ड नेतृत्वमा परराष्ट्रमन्त्री एनपी साउदसहितको टोलीले यो सम्मेलनमा भाग लिँदैछ । सम्मेलनमा अन्य देशबाट विभागीय मन्त्रीहरूले भाग लिँदा नेपालबाट प्रधानमन्त्री नै पुगेका हुन् । प्रधानमन्त्री प्रचण्डले युगाण्डाको कम्पालामा भइरहेको नामको सम्मेलनलाई शुक्रबार नै सम्बोधन गर्ने कार्यतालिका छ ।
कुन देशबाट को ?
नेपाल– प्रधानमन्त्री (प्रचण्ड)
भारत– विदेशमन्त्री (एस. जयशंकर)
पाकिस्तान– विदेशमन्त्री (जलिल अब्बास जिलानी)
भुटान– विदेश सचिव (पेमा छोदेङ)
बंगलादेश– विदेशमन्त्री (डाक्टर हसन् महमद)
माल्दिभ्स– उपराष्ट्रपति (हुसेन महोमद लतिफ)
श्रीलंका– राष्ट्रपति (रनिल विक्रमासिंगे)



