अल नासरलाई तीन गोलले हराउँदै अल हिलाललाई शीर्ष स्थानमा आग्रता

काठमाडौँ । साउदी प्रो लिगमा अल नासर अल हिलालसँग ३–० गोलले पराजित भएको छ । किङ फाद इन्टरनेसनल स्टेडियम रियादमा गएराति भएको खेलमा जितसँगै अल हिलाल २२ खेलमा अपराजित छ ।
अल हिलालका एलेक्सान्दर मित्रोभिचले दुई तथा सेर्गेज मिलिन्कोभिक सभिकले एक गोल गरे । सबै तीन गोल दोस्रो हाफमा भएका थिए । पोर्चुगिज फरवार्ड क्रिष्टियानो रोनाल्डोसम्मिलित अल नासरले लिगमा तेस्रो हार ब्यहोरेको छ ।
गएको अगस्टमा अरब क्लब च्याम्पियन्स कपमा अल नासरसँगै २–१ ले पराजित भएयता अल हिलालले हार बेहोरेको छैन । जसमा १९ जित र ३ बराबरीको नतिजा छ ।