सिप्रदी ट्रेडिङले नेपालमै पहिलो पटक गाडीहरूको अक्सन मेला गर्दै
मेला शुक्रवार र शनिवार आयोजना हुने कम्पनीले जनाएको छ । सिप्रदी अर्स्योड प्रालि थापाथलीमा बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म मेला चल्नेछ । नेपालमा पहिलोपटक आयोजना हुन लागेको दावी गरिएको यस मेलामा विभिन्न ब्राण्डका ६० भन्दा बढी ब्राण्डेड गाडीहरू प्रदर्शनमा राखिनेछ ।
यस मेलामा ग्राहकले आफूलाई मन परेका गाडी खरिद गर्न सकिने बताएको छ । मेलामा वारेन्टीसहित गाडीहरूको नामसारी पनि गर्न सक्ने सुविधा रहेको आयोजक कम्पनीले बताएको छ । अर्स्योडले ‘सेकेन्ड हृयान्ड’ गाडीहरूको बिक्री वितरण तथा सट्टापट्टा गर्दै आएको छ । .gif)

.png)

