राष्ट्रसंघका महासचिव एन्टोनियो नेपाल आउँदै, मुख्य चासो शान्ति प्रक्रियामा


००:२१ बजे

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपाल भ्रमणमा आउने भएका छन् । उनी तीन दिने नेपाल भ्रमणका लागि २६ असोजमा काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए । राष्ट्रसंघीय महासचिव आउने भएपछि परराष्ट्र मन्त्रालय त्यसको तयारीमा जुटेको छ ।

राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क पुगेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महासचिव गुरेटेसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । प्रधानमन्त्री प्रचण्डको निम्तोमा नेपाल आउन लागेका उनको मुख्य चासो शान्ति प्रक्रियामा रहेको छ । द्वन्द्वकालीन केही विषयहरू अझै बाँकी छन् ।

संक्रमणकालीन न्यायको काम नै बाँकी छ । उनी काठमाडौं बाहिर जाने कार्यक्रम पनि रहेको छ । यस्तै, महासचिव गुरेटेसको चासोको अर्को विषय दिगो विकास लक्ष्यमा नेपालले गरेको प्रगतिमा रहेको छ । सन् २०३० सम्म पूरा गर्नुपर्ने दिगो विकासका लक्ष्यहरू पूरा नहुने अवस्था देखिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७