ओलीको व्यङग्य : जे छोयो त्यै सुनैसुन, स्वर्ण युग आयो भन्दैछ सरकार


२०८० असोज ६ शनिबार १०:४५ बजे

भक्तपुर । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न काण्डहरु चलाएर देशको विकास हुन नसक्ने बताएका छन् ।

आज (शनिबार) भक्तपुरमा दीपेन्द्र राज गिरी स्पाइनल नेत्र प्रतिष्ठानको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले सरकारले अहिले विभिन्न तस्कारी काण्डहरु चलाएको भन्दै त्यसले देश विकास हुन नसक्ने बताएका हुन् । उनले देशलाई सफल बनाउन नातागोता परिवारवाद र व्यक्तिगत स्वार्थ त्याग गर्नसक्नुपर्ने जिकिर गरे । अध्यक्ष ओलीले जे छोयो त्यो सुन हुँदा सरकारलाई स्वर्ण युग नै आएको भन्दै व्यङ्ग्य गरेका छन् । ओलीले ब्रेक सु, भेप, सिग्रेटमा सुन आउन थालेकाले सरकारले स्वर्ण युग आयो भनेर भन्न थालेको बताएका हुन् ।

‘सुन त यहाँ त ब्रेक सुमा सुनै सुन, भेपमा सुनै सुन, सिग्रेट खान खोज्यो सुनै सुन, पानी चलाउने मोटर ल्यायो त्यसमा सुनै सुन, जे छोयो त्यो सुनै सुन, स्वर्ण युग आयो भन्दैछ सरकार ।’ ओलीले थपे, ‘यति सुन आएको छ स्वर्ण युग नआए कहिले आउँछ त भन्दैछ सरकार । तपाईंहरु भन्दै हुनुहुन्छ सरकारको विरोध गरे जस्तो हुँदैन त्यसोभन्दा, स्वर्ण युग नै आएको छ नि !’

अध्यक्ष ओलीले देशको मूल्यमान्यतामा कसैका व्यक्तिगत स्वार्थ स्वीकार्य नहुने स्पष्ट पारे । देशका लागि काम गर्दा आफू नेतृत्वको सरकारलाई जोडतोडका साथ परिवर्तन गर्दा मुुलुक अहिलेको अवस्थामा आएको भन्दै आफूहरू पुनः जाग्ने र देशलाई सफल बनाएरै छाड्ने दावी गरे । उनले मुलुकको अवस्था नाजुक रहेकाले सबै नागरिकले सोच्नुपर्ने बेला आएको भन्दै परिवर्तनका लागि नागरिकहरु नै अग्रसर हुनुपर्नेमा जोड दिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७