सेनाले गर्‍यो तिलौराकोट प्राचीन दरबार क्षेत्र सरसफाइ


२०८० असोज ५ शुक्रबार १२:०२ बजे

लुम्बिनी । कपिलवस्तुस्थित प्राचीन कपिलवस्तु दरबार (तिलौराकोट) क्षेत्रको सरसफाइ सुरुआत गरिएको छ । यसका लागि लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्याहारक्याल लामाले नेपाली सेनासँग समन्वय गरेका थिए ।

शम्शेर दल गण गोरुसिङ्गेबाट खटिएका ३५ जना सेनाले प्राचीन कपिलवस्तु दरबार क्षेत्रमा सरसफाइ गरेका हुन् । यो टोलीले सरसफाइ निरन्रता दिने जनाइएको छ । उपाध्यक्ष डा. लामाले गौतमबुद्धले २९ वर्ष बिताएको गृहनगर कपिलवस्तुको तिलौराकोट दरबार क्षेत्र ऐतिहासिक र बुद्धिष्टहरूको आस्थाको केन्द्र भएकाले सरसफाइ गरी सौन्दर्यकरण गर्ने प्रतिबद्धता जनाएका छन् ।

गणका सहायक सेनानी रामचरण चौधरीको टोलीले १५ दिनसम्म दरबार क्षेत्रमा सरसफाइ गर्नेछ । आफूहरूले विगतमा पनि यस क्षेत्रको सरसफाइ गर्दै आएको र कोषको निर्देशनअनुसार सरसफाइ कार्य गर्ने सहायक सेनानी चौधरीले बताए ।
तिलौराकोट दरबार क्षेत्रलाई प्रस्तुतियोग्य बनाउन सेनाको सहयोगमा हरेक वर्ष सरसफाइ गरिँदै आएको कोषका तिलौराकोट कार्यालयका प्रमुख माधवप्रसाद आचार्यले बताए ।

विश्व सम्पदा सूचीको प्रस्तावित क्षेत्र पनि भएकाले प्रस्तुतियोग्य बनाउन सफाइ कार्य गरिँदै आएको उनले बताए । तिलौराकोट दरबार राजा शुद्धोधनको गणराज्य तथा सिद्धार्थ गौतमले युवाअवस्थासम्म २९ वर्ष बिताएको स्थान हो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७