साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको निधन


२०८० भदौ २६ मंगलबार १०:३२ बजे

काठमाडौं । साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ । निमोनिया देखिएपछि अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा आज बिहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

पराजुली बाह्रखरी डट कमका पूर्व सहकर्मी समेत हुन् । साहित्यमा विशेष रुची राख्ने पराजुलीका दर्जनौं कथा त्यतिकै कृति पनि प्रकाशित छन् । शुक्रराज शास्त्रीको चस्मा (कथा), अघोरी (कथा), कोटेश्वरको केटो, भ्रष्ट समवेदना (कविता कृति), अनायिका (उपन्यास), सपनामा मार्क्स (कथा), जाडोमा भोक, विकल्प यात्रा (कथा) प्रकाशित छन् ।पराजुलीको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७