भारतले खोल्यो धौलीगंगाको बाँध, महाकाली तटीय क्षेत्रमा सचेत रहन आग्रह


१७:२० बजे

धनगढी । भारतले चौंथो पटक धौलीगंगा जलविद्युत् परियोजनाको बाँधका ढोका खोलेको छ । उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगंगा बाँधका ढोका सोमबार बिहान ५ बजे खोलेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

बिहान ५ बजे बाँधका ढोका महाकाली नदीमा जलस्तर बढेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन र नदी किनारमा आवतजावत नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुला र बैतडीले सूचना जारी गर्दै सतर्कता अपनाउन यसअघि नै आग्रह गरेका थिए ।

भारतीय प्रशासनले बाँधको सिल्ट सफा गर्ने भन्दै नेपाली प्रशासनलाई जानकारी दिएको थियो । जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार भारतले मंगलबार बिहान पनि बाँधका ढोका खोल्ने छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७