प्रधानमन्त्रीले जातीय राज्य बाँड्छु भनेर आफै हिंसा भड्काउँदै हुनुहुन्छ : सांसद गिरी


२०८० भदौ १२ मंगलबार २०:२० बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै देशमा जातीय हिंसा भड्काउने काम गरिरहेको बताएका छन् ।

आज (मंगलबार) को प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले प्रधानमन्त्रीले जातीय राज्य बाढ्छु भन्दै आपसी भाइचारा भड्काइरहेको आरोप लगाए ।

‘म जातीय राज्यको पक्षमा छु तपाईंहरू जाग्नुहोस् उठ्नुहोस् र मलाई बल दिनुहोस् हाम्रो पार्टीलाई बहुमत दिनुहोस् म जातीय राज्य बनाउँछु भन्नु भएको छ । यो अस्वभाविक मात्र हैन हिंसा भड्काउने र देशमा त्रास फैलाउने स्वयम् प्रम मलजल गरिरहनु भएको छ । यसरी आपसी दाजुभाइको बीचमा विद्वेष र घृणा फैलाउने कामको आपत्ति मात्र होइन निन्दा पनि गछौँ’, उनले भने ।
प्रमुख सचेतक गिरीले सुन तस्करी प्रकरणमा सरकारले सत्तारुढ दलको नेताको नाम जोडिएपछि उन्मुक्ति दिइरहेको बताएका छन् ।

‘भ्रष्टचारका नाइकेहरू उनीहरूलाई छानबिनको अनुशासनमा दायरामा ल्याइँदैन, त्यस्ता उन्मुक्ति दिने काम भएको छ । राजनीतिक तहका नेताहरू सुन तस्करीमा मुछिए पनि सोधपुछ भएन । जस्तोसुकै तस्करी गर्न छुट हुने, सत्ता पक्षलाई छोड्नुपर्ने सामान्य नागरिकलाई जेल पठाउनु पर्ने ? यही हो कानुनी राज्य ?’, उनले भने ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७