एमसीसीको व्याख्यात्मक टिप्पणीबारे प्रश्न उठिरहेको छ, छलफल गरौं : माधव नेपाल
काठमाडौँ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) को व्याख्यात्मक टिप्पणीमा प्रश्न उठेको बताएका छन् ।
आज (सोमबार) अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनले एमसीसीको व्याख्यात्मक टिप्पणीबारे प्रश्न उठेकाले त्यस विषयमा समितिमा छलफल हुन आवश्यक रहेको बताएका छन् ।उनले राष्ट्रियतासँग जोडिएका जल्दाबल्दा समस्या देखिएको भन्दै त्यसतर्फ पनि गम्भीर हुन आग्रह गरे ।
उनले सीमानासँग जोडिएका विषयवस्तु चुनौतीको रुपमा आइरहेको भन्दै छलफल र संवादबाट टुंग्याउनुपर्ने बताएका छन् ।
अध्यक्ष नेपालले संयुक्त राष्ट्रको बडापत्रदेखि असंलग्न परराष्ट्र नीतिका सबै कुरालाई ध्यानमा राखेर अघि बढ्न आवश्यक रहेको समेत बताएका छन् ।