महिला विश्वकप फुटवल : नर्वे र स्विट्जरल्याण्ड अन्तिम १६ मा, आयोजक न्युजिल्याण्ड बाहिरियो


२०८० श्रावण १५ सोमबार ०८:१८ बजे

काठमाडौँ । नर्वे र स्विट्जरल्याण्ड फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको अन्तिम १६ मा पुगेका छन् । आइतवार न्युजिल्याण्डको इडेन पार्कमा भएको समूह ‘ए’ को खेलमा नर्वेले फिलिपिन्सलाई ६–० गोलले हराएर नकआउटमा स्थान पक्का गरेको हो ।

नर्वेकी सोफी रोमान हगले ह्याट्रिक गरिन् । यस्तै क्यरोलिन ग्राहक हनसेनर गुरो रिटेनले गोल गर्दा नर्वेले एक गोल आत्मघाती उपहार पायो । नर्वे ३ खेलमा ४ अङ्कसहित दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुगेको हो । फिलिपिन्स ३ खेलमा ३ अङ्कसहित पुछारमा रहेर बाहिरिएको छ ।

आइतबार नै भएको समूह ‘ए’ कै अर्को खेलमा स्विट्जरल्यान्डले घरेलु टोली न्युजिल्याण्डसँग गोलरहित बराबरी खेलेको छ । आजको बराबरीसँगै स्विट्जरल्याण्ड ३ खेलमा ५ अङ्कका साथ शीर्ष स्थानमा रहेर अन्तिम १६ मा पुगेको छ । आयोजक तथा घरेलु टोली न्युजिल्याण्ड बाहिरिएको छ । नर्वे र न्युजिल्याण्डको समान ४ अङ्क भए पनि गोल अन्तरका आधारमा नर्वे अन्तिम १६ मा पुग्यो ।

आइतबार नै अस्ट्रेलियाको हिन्दमार्श स्टेडियममा भएको समूह ‘एच’ को खेलमा मोरक्कोले दक्षिण कोरियालाई १–० गोलले हराएको छ । जितसँगै दुई खेलमा तीन अङ्कसहित मोरक्को तेस्रो स्थानमा पुगेको छ । दुवै खेल हारेको दक्षिण कोरिया पुछारमा छ ।

अर्को खेल समूह ‘एच’ का जर्मनी र कोलम्बियाबीच दिउँसो सवा ३ बजे हुनेछ । आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७