सामन्तवाद ढलेकै रहेनछ, मिटर ब्याजपीडितबाट थाहा भयो : मन्त्री गुरुङ


२०८० श्रावण ११ बिहीबार ०३:०७ बजे

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सामन्तवादको अवशेषका रूपमा मिटरब्याजी भेटिएको बताएका छन् ।

प्रतिनिधिसभाले सन्देशसहित पठाएको मिटरब्याजसम्बन्धी मुलुकी देवानी संहितासहित केही नेपाल ऐन संशोधनका विषयमा बिहीबार राष्ट्रियसभालाई जानकारी गराउँदै उनले यस्तो बताएका हुन् । लोकतन्त्रपछि समान्तवाद ढल्यो भनेर बसिए पनि त्यसले फेरि शिर उठाएको उनले उल्लेख गरे ।

‘हामी त लोकतन्त्र आएपछि सामन्तवाद ढल्यो भन्नेमा थियौँ । तर, मिटरब्याजका नाममा सामन्तवाद जरा गाडेर बसेको रहेछ’, मन्त्री गुरुङले भने, ‘तर पनि म मन्त्री पीडितको पक्षमा उभिनै पर्छ । राष्ट्रियसभा पीडितको पक्षमा उभिनै पर्छ । सिंगो देश र सरकार पीडितको पक्षमा उभिन्छ ।’

राष्ट्रियसभामा उत्पत्ति हुँदा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी विधेयक अध्यादेश प्रतिस्थापनका रूपमा आएपछि प्रक्रियामा भएको ढिलाइलाई प्रतिनिधिसभाले विधेयकका रूपमा पारित गरेको उनले जानकारी दिए । उनले सारमा विधेयक उही भए पनि रूपमा केही परिवर्तन गरिएको भन्दै प्रक्रियागत त्रुटिका लागि माफी मागेका थिए । उनले माफी मागेपछि राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले प्रतिनिधिसभाले सन्देशसहित पठाएको अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी विधेयक पढेर सुनाएका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७