युक्रेनद्वारा क्रिमियाको गोलाबारुद भण्डारमा आक्रमण


२०८० श्रावण ९ मंगलबार १४:२९ बजे

काठमाडौं । युक्रेनी ड्रोन आक्रमणमा रूसको कब्जामा रहेको क्रिमियास्थित गोलाबारुद डिपोमा आक्रमण भएको युक्रेनका गभर्नरले बताएका छन् ।

‘क्रिमियाको आकाशमा ११ वटा मानवरहित विमान (युएभी) लाई युक्रेनी वायु सेनाले गोली हानेर खसालेको छ, साथै युक्रेनी प्रतिरक्षा बलले उक्त क्षेत्रलाई नियमित निगरानीमा राखेको छ’, सर्गेई अक्स्योनोभले टेलिग्राममा भनेका छन् ।

आक्रमण झान्कोय जिल्लाको गोलाबारुद डिपोमा भएको थियो । उनले आक्रमणबाट भएको क्षतिबारे विस्तृत विवरण भने दिएनन् । उनले आक्रमणका कारण क्रिमियाको किरोभस्की जिल्लामा एक निजी घरमा क्षति पुगेको र आपतकालीन सेवा घटनास्थलमा रहेको बताए ।

सन् २०१४ मा रूसले कब्जा गरेको क्रिमियालाई मस्कोको युक्रेन आक्रमणको क्रममा कीभले निशाना बनाएको थियो तर पछिल्ला हप्ताहरूमा यो आक्रमण अझ तीव्र र बढ्दो अवस्थामा रहेको युक्रेनी अधिकारीले बताएका छन् । कीभले क्रिमियालाई फिर्ता लिने योजना रहेको बताउँदै आएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७