जिम्बावेसँग ओमानलाई १४ रनले पराजित


२०८० असार १५ शुक्रबार ०७:२६ बजे

काठमाडौँ । आईसीसी विश्वकप छनोट अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा घरेलु टोली जिम्बावेले ओमानलाई १४ रनले पराजित गरेको छ । लगातार पाँच जितसहित जिम्बावे आउँदो अक्टोबर र नोभेम्बरमा भारतमा हुने विश्वकप नजिक पुगेको छ ।

हिजो भएको खेलमा जितका लागि ३३३ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१८ रन बनायो । ओमानका युवा ओपनर कश्याप प्रजापतिले १०३ रनको शतकीय पारी खेले पनि टोलीको हार टार्न सकेनन् ।

जिम्बावेका टेन्डाई चतरा र ब्लेसिङ मुर्जाबानीले समान ३, रिचर्ड नगारावाले २ तथा सिकन्दर राजाले १ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली जिम्बावले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३३२ रन बनाएको थियो ।

जिम्बावेका सन विलियम्सले १४२ रनको शतकीय पारी खेले । ओमानका फैयाज बटले सर्वाधिक ४ विकेट लिए । बिलाल खान, कलिमुल्लाह र जिशान मकसुदले समान एक विकेट लिए । सुपर सिक्सको खेलमा आज श्रीलंका र नेदरल्यान्ड्स तथा प्ले अफमा आयरल्यान्ड र अमेरिका खेल्दैछन् । नेपालले प्लेअफ खेलमा पर्सि आइतवार यूएईसँग खेल्ने छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७