काठमाडौं, २४ बैसाख । बलिउड अभिनेत्री करिष्मा कपुर नेपाल आउने भएकी छिन् ।
गहना शोरुमको कार्यक्रम उद्घाटन गर्न करिष्मा नेपाल आउन लागेकी हुन् ।
मेरिगोल्ड सयपत्री ज्वेलर्सको दरबारमार्गमा खोलिएको नयाँ शोरुमको करिष्माले उद्घाटन गर्ने कार्यक्रम तय गरिको छ ।
करिष्माले सोमबार मध्यान्ह साढे १२ बजे रिबन काटेर नयाँ शोरुमको उद्घाटन गर्ने बताइएको छ । करिष्माको नेपाल बसाई कति लामो हुने हो त्यसबारे जानकारी आइसकेको छैन ।