मोदीको अभिनन्दन पत्रबारे रावलको प्रश्न : नेपालको विदेश नीति केन्द्रले हेर्ने कि प्रदेशले ?


२०:३३ बजे
काठमाडौं, २३ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरमा हुने अभिनन्दन पत्रबारे पूर्वगृह तथा रक्षामन्त्री समेत रहेको एमाले नेता भीम रावल प्रश्न उठाएका छन् । प्रधानमन्त्री मोदी यही २८ गते नेपाल भ्रमणमा आउन लागेका छन् । जनकपुरबाट नेपाल भ्रमणमा आउन लागेको मोदीलाई प्रदेश नं. २ स्वागतको भव्य तयारी गरिएको छ । भने जनकपुरमा एक लाख जनसहभागितामा नागरिक अभिनन्दन गरिने भएको छ । उक्त नागरिक अभिनन्दनको भाषाको विषयमा रावल प्रश्न गरेको छन् । उनले नेपालको संविधान अनुसार नेपालको विदेश नीति केन्द्रले र सरकारी काम काजको भाषा नेपाली भएको भन्दै अभिनन्दन पत्रको भाषा नेपाली या अन्तराष्ट्रिय भाषा अंग्रेजी हुनुपर्ने बताएका छन् । उनले भनेका छन् , ‘भारतीय प्रमको जनकपुर भ्रमणका बेला दिइने अभिनन्दनपत्र चार भाषामा हुने भन्ने समाचार सत्य हो भने त्यो नेपालको बिदेश सम्बध केन्द्रले हेर्ने र सरकारी कामकाजको भाषा नेपाली हुने संविधानको प्रावधान विपरीत छ । या अंग्रेजीमा हुनुपथ्र्याे । देशलाई भाषामा विभाजित किन देखाऊनु पर्ने ?’ मोदीलाई दिइने अभिनन्दन पत्रको चार भाषामा हुने र मैथिली भाषामा लेखिएको वाचन गरिने जनकपुर उपमहानगरपालिका प्रमुख लालकिशोर साहले बताएका छन् । बैशाख २८ बिहान भारत, बिहारको राजधानी पटनाबाट मोदी प्रदेश २ को अस्थायी राजधानी जनकपुर आउन लागेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७