कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग अवरुद्ध
बागलुङ : अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग शुक्रबार बिहानैदेखि अवरुद्ध भएका छन् ।कालीगण्डकी करिडोरको बागलुङखण्ड र मध्यपहाडी लोकमार्गको बागलुङखण्ड अवरुद्ध भएका हुन् ।
गएरातिदेखि परेको लगातार वर्षाका कारण बागलुङ नगरपालिका–१३ स्थित कालाखोला बगरमा पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
त्यस्तै, मध्यपहाडी लोकमार्गअन्तर्गत बुर्तिवाङ–निसीखोला सडकखण्डको निसीखोला गाउँपालिका–४ कानाबजारनजिक ठाडाखोलामा बाढी आएपछि सडक अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी रामेश्वर त्वातीका अनुसार दुवै राजमार्ग सञ्चालनमा ल्याउन सडक डिभिजन कार्यालय, मध्यपहाडी लोकमार्ग आयोजना र कालीगण्डकी करिडोर कार्यालयसँग समन्वय भइरहेको छ । राजमार्ग अवरुद्ध भएपछि विभिन्न गन्तव्यतर्फ हिँडेका यात्रुहरू बाटोमै अलपत्र परेका छन् ।
.gif)

.png)

