युक्रेनको व्यस्त सडकमा रुसी क्षेप्यास्त्र खसेपछि …

काठमाडौं । रूसले युक्रेनमाथि आक्रमण जारी नै राखेको छ । यसैबीच रूसले सोमबार युक्रेनको राजधानी किएभमा क्षेप्यास्त्र प्रहार गरेको छ । व्यस्त सडकको बीचमै क्षेप्यास्त्र खसेको थियो ।
गुडिरहेको गाडीको अगाडिको भागमा रहेको क्यामरा ‘ड्याशक्याम’ ले खिचेको यो दृश्यमा व्यस्त सडकमा रुसी क्षेप्यास्त्र खसेको देखिन्छ । रुसले प्रायः अँध्यारोमा हवाई आक्रमण गर्ने गरेको छ । तर उक्त दिन दिउँसै किएभमा क्षेप्यास्त्र प्रहार भयो ।
गाडीहरू गुडिरहेको सडकमा क्षेप्यास्त्र खसेको भए पनि उक्त घटनामा कोही पनि हताहत भएनन् । क्षेप्यास्त्र खसेको शैली हेर्दा युक्रनी हवाई प्रतिरक्षा प्रणालीले लक्ष्यमा पुग्नुअघि नै उक्त क्षेप्यास्त्रलाई बीचैमा रोकिदिएको ठानिएको छ ।