साढे ३३ किलो सुन काण्ड : ९ जनाको बयान सकियो, ६ जनाको जारी
बिहीबारदेखि शुरु भएको टेकराज मल्ल ठकुरीको बयान आइतबार सकिएको छ । त्यस्तै उनीसँगै भुजुङ गुरुङ, चाचाजी भन्ने महावीरप्रसाद गोल्यान अग्रवाल, एलवी भनिने लालबहादुर मगरको बयान पनि सकिएको छ ।
शुक्रबारसम्म ५ जनाको बयान भएकोमा आइतबार थप अन्यको बयान जारी रहेको जिल्ला अदालत मोरङका श्रेस्तेदार नवराज दुलालले जानकारी दिनुभयो । अन्य अभियुक्तहरु राजेन्द्रकुमार शाक्य, बालकृष्ण सञ्जेल, चन्दन भनिने वीरेन्द्रमान श्रेष्ठ, सम्बिर तोलाङ्गे, बालकृष्ण श्रेष्ठ, कपिलराम पूरी र दोराम खत्रीको बयान यो समाचार तयार पार्दासम्म चलिरहेको छ ।
आइतबार नै अन्य अभियुक्तहरुलाई पनि बयान लिइने अदालतले जनाएको छ । यही गतीमा बयान लिने हो भने २६ गतेसम्ममा सबैको बयान सकिने श्रेस्तेदार दुलालले जानकारी दिए । .gif)

.png)

