वैज्ञानिकले फेला पारे पृथ्वीको अर्को चन्द्रमा


१२:०३ बजे

काठमाडौँ । वैज्ञानिकहरूले चन्द्रमाकै जस्तो गुण भएको एक नयाँ बाह्य ग्रह फेला पारेका छन् । हालै वैज्ञानिकहरूले सम्पन्न गरेको एक अध्ययनले पृथ्वीको एक अर्को चन्द्रमा वा कम्तीमा अर्धचन्द्रमा रहेको खुलासा गरेको हो । जसको नाम २०२३ एफडब्लू १३ राखिएको छ । यसले पृथ्वी र सूर्य दुवैको परिक्रमा गर्छ । तर गुरुत्वाकर्षण बलअन्तर्गत यसलाई सूर्यले आफूतर्फ तान्छ ।

यस चन्द्रमालाई हवाइस्थित हलेकाला भोलकानोमा अवस्थित प्यान–स्टार्रस टेलिस्कोपको प्रयोग गर्ने विशेषज्ञले पत्ता लगाएका हुन् । उनीहरूको विश्वास छ कि यो पृथ्वीसँग ईसापूर्व कालदेखि छ, र अझै कम्तीमा १५ सय वर्ष पृथ्वीसँगै हुनेछ ।
यसअघि सन् २०१६ मा ४६९२१९ नामक पृथ्वीको अर्धचन्द्रमा फेला परेको थियो । अहिले पत्ता लागेको चन्द्रमा र उक्त अर्धचन्द्रमा दुवै पृथ्वीका लागि कुनै हानिकारक नभएको वैज्ञानिकहरूले बताएका छन् ।

खगोललविद् टोनी डोनका अनुसार फेला परेको चन्द्रमाले पृथ्वीलाई एक फन्को लगाउन ३६५.४२ दिन लगाउँछ । हामीसँग पहिले भएको चन्द्रमाले पृथ्वीलाई एक फन्को लगाउने समयभन्दा यो धेरै हो । उपलब्ध पहिलो चन्द्रमाले २७ दिन ६ घण्टामा पृथ्वीको एक फन्को लगाउने गरेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७