काठमाडौं २३ वैशाख । अस्पताल भन्ने बित्तिकै सबैको मनमा सफा चट्ट परेको होला भनेन लाग्नु स्वाभाविक हो । कारण बिरामी बस्ने स्थान समस्याबाट मुक्त हुनु पर्छ । अनुकूल वातावरण नभएको खण्डमा बिरामी झन् समस्यामा पर्न सक्छ । तर, नेपालको सरकारी अस्पतालहरू अधिकांशको शैचालयमात्रै नभएर हस्पिटलहरू पनि दुर्गन्दित र अव्यवस्थित देख्छौँ । भेट्छौँ ।
[caption id="attachment_49536" align="aligncenter" width="768"] स्वास्थ्य राज्य मन्त्री पद्मा अर्याल[/caption]
केही दिन अगाडी स्वास्थ्य राज्य मन्त्री पद्मा अर्यालले स्वास्थ्यमा व्यापक परिवर्तन ल्याने बताएकी थिइन् । आइतबार उनको त्यही भनाई साबित गर्न ब्रससहित वीर हस्पिटलको शौचालय सफा गर्न लागिन् । त्यति खेरको दर्शक भने वीर अस्पतालका डाक्टरदेखि कर्मचारी समेत जम्मा भएको दृश्य देख्न सकिन्थ्यो । मन्त्री अर्यालले जनतालाई स्वास्थ्य क्षेत्रमा परिवर्तन ल्याउने वाचा गरेसँगै यो कार्य सकारात्मक सुरुवात हो भन्दा फरक पर्दैन ।
उनले वीरमा उनले उदेघोष गरे अनुसार नै अस्पताल सरसफाइमा जुटेकी हुन् । हुन त उनले यस अघि नै स्वास्थ्य मन्त्रालयमा सुर्ती र सुर्तीजन्य पदार्थ खान मात्रै हैन लैजान प्रतिबन्ध लगाइसकेकी छिन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले आइतबार सुरु गरेको सरसफाइ अभियानमा उनले बोल्दै भनिन्, सरकारी अस्पतालमा फोहर र दुर्गन्ध धेरै हुने भनी हुँदै आएका टिप्पणीलाई गलत साबित गर्दै बिरामीले अनुभूति गर्ने गरी सरसफाइको उत्कृष्ट नमुनाको रूपमा परिणत गर्ने छौँ ।’
उनले उद्घोष गरे अनुसार नै काम गर्ने हो भने असम्भव भने छैन । अहिले वीर अस्पताल सरसफाइको जिम्मा अस्ट्रेलियाको खेम्स क्लिनिङले लिएको छ साथै सरसफाइको आधुनिक तरिकाबारे कर्मचारीलाई तालिम पनि दिनेछ ।