रास्वपाकी बिन्दबासिनी कंसाकारले आज सांसदको सपथ लिँदै


२०८० जेठ १५ सोमबार ०३:०३ बजे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक तर्फबाट सांसद बनाएकी बिन्दबासिनी कंसाकारले आज शपथ लिँदै छिन् । सांसद कंसकारलाई सभामुख देवराज घिमिरेले ३ बजे सपथ गराउँदै छन् ।

समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठ दुई करोडको अडिओ प्रकरणमा परेपछि उनलाई पार्टीले फिर्ता बोलाएको थियो। रास्वपाले श्रेष्ठको ठाउँमा कंसाकार सांसद बनाएको हो । पार्टीको निर्णयविरूद्ध ढाकाकुमार श्रेष्ठ अदालत गएका थिए ।

वैशाख २५ गते सर्वोच्चले हाललाई पार्टीले गरेको निर्णयसहितका काम कारबाहीहरु थप कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भन्ने अल्पकाली अन्तरिम आदेश दिएको थियो । तर जेठ १० गते आदलतले उक्त अल्पकालीन अन्तरिम आदेशलाई खारेज गर्‍यो । यो सँगै कंसाकार सांसद् बन्ने बाटो खुलेको हो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७