जलेश्वर–जनकपुर बाटो वर्षाले अवरुद्ध


११:५४ बजे
गौशाला, २० वैशाख ।  भारी वर्षाको कारण महोत्तरी जिल्लाको मुख्य जलेश्वर–जनकपुर सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । जिल्लाकै प्रमुख सडकखण्डको रुपमा रहेको जलेश्वर जनकपुर सडकमा फोरलेन सडक निर्माण सहितको स्तरोन्नतिको काम भइरहेको बेला आज बिहान भारी वर्षाका कारण सो बाटो अवरुद्ध भएको छ । जनकपुरदेखि जलेश्वर र भिठ्ठामोडसम्म पूरै बाटोभरि नै माटै माटो रहेको बेला पानी परेपछि गाडी फस्ने भएर आज बिहानैदेखि बाटो अवरुद्ध भएको हो । बाटोभरि पानीले गर्दा हिलैहिलो भएकोले कुनै पनि बस, जिप लगायतका चारपाङ्ग्रे तथा मोटरसाइकल समेत नचलेको अवस्था रहेको छ । अब बाटोको पानी र हिलो सुखेपछि मात्रै बाटो सुचारु हुने छ । रासस

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७