गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान


१९:१८ बजे

पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् ।
प्रदेश प्रमुख गुरुङले गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको अधिवेशन वैशाख २१ गते दिनको २ः०० बजेदेखि आरम्भ हुने गरी आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

उक्त दिन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिने कार्यक्रम छ । प्रदेश प्रमुख गुरुङले पाण्डेलाई यही वैशाख १४ गते मुख्यमन्त्री नियुक्त गरेका थिए । पाण्डेले नेपाली कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र) का सात र स्वतन्त्र एक जना गरी ३५ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७