आफै गाडी चलाएर अकस्मात क्रिमिया पुगे पुटिन
मस्को । आफै गाडी चलाएर रूसी राष्ट्रपति भ्लादिमिर पुटिन शनिबार क्रिमिया पुगेका छन् । पुटिन कुनै पूर्व घोषित कार्यक्रम विना नै अकस्मात आफै गाडी चलाएरै क्रिमिया पुगेका थिए ।
पुटिनले युक्रेनबाट क्रिमियाली टापूलाई एकीकरण गरेको नवौँ वर्षगाँठको अवसरमा शनिबार क्रिमिया पुगेका हुन् । ‘ब्ल्याक सी’ को बन्दरगाह शहर सेवस्तोपोलको आकस्मिक भ्रमणका क्रममा पुटिनले स्थानीय गभर्नर मिखाइल रज्वोझायेभको साथमा क्रिमियाली कला विद्यालयको अवलोकन गरेका थिए ।
‘हाम्रा राष्ट्रपति भ्लादिमिर पुटिनलाई आश्चर्यचकित पार्ने तरिका थाहा छ । राम्रो तरिकाले’, रज्भोजायेवले रूसी सामाजिक सञ्जाल टेलिग्राममार्फत् भने । पुटिनले भिडियो लिङ्कमार्फत बाल कला विद्यालयको उद्घाटनमा भाग लिएको उनले बताए । एजेन्सी