सन्दीपलाई सर्वोच्चले दिएन विदेश जाने अनुमति
काठमाडौँ । सर्वोच्च अदालतले सन्दीप लामिछानेको सुनवाइ १४ गते (आइतबार) लाई सारेको छ। शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले लामिछानेको रिटमा अग्राधिकार दिंदै आइतबारलाई सुनवाइ सारेको हो ।
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएई र पिएनजीविरूद्धको एक दिवसीय सिरिजका नेपाली टिम भोलि (शनिबार) युएई जाँदैछ ।
उक्त सिरिजका लागि आफू पनि युएई जान पाउनु पर्ने भन्दै सन्दीपले सर्वोच्चमा रिट दिएका थिए । नाबालिक बलात्कारको अभियोग लागेका लामिछानेलाई जिल्ला अदालत काठमाडौंले पूर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो ।
तर, जिल्लाको आदेश उल्टाउँदै उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटीमा रिहा गरेको थियो । उच्च अदालतले लामिछानेलाई विदेश जान नपाउने तथा काठमाडौंबाहिर जानका लागि पनि प्रहरीलाई जानकारी दिनुपर्ने शर्त राखेको थियो ।