क्यानका सदस्य सचिव मल्लले दिए राजीनामा
![](https://nayapage.com/images/newlog1.jpg)
पोखरा । नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सदस्य सचिव प्रशान्तविक्रम मल्लले पदबाट राजीनामा दिएका छन् ।
मंगलबार पोखरामा भएको क्यानको केन्द्रीय कार्यसमितिको बैठकमा नै उनले राजीनामा दिएको सदस्य वीरेन्द्रबहादुर चन्दले जानकारी दिए ।
उनको कार्यकाल अझै चार महिना बाँकी नै छ । मंगलबार रातिसम्म भएको बैठकमा उनले राजीनामा दिएका हुन् । राजीनामा स्वीकृत हुन भने बाँकी छ । बुधबार बिहान राजीनामामाथि छलफल हुने उनले बताए ।
नेपाल टी–२० लिगमा विवाद, फिक्सिङलगायतको कारण क्यानभित्रै विवाद बढ्दै गएपछि उनले राजीनामा दिएका हुन् । मल्ल नेपाल टी–२० लिगका गर्भनिङ काउन्सिका अध्यक्ष समेत थिए । पोखरामा हिजोदेखि जारी बैठक आज सकिँदै छ ।