सभामुखमा उम्मेदवारी दर्ता आज, यस्तो छ कार्यतालिका


२०७९ माघ ४ बुधबार १३:४३ बजे

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको सभामुख चुनावका लागि आज (बुधबार) उम्मेदवारी दर्ताको कार्यतालिका छ । आज सभामुखका आकांक्षीले उम्मेदवारी दर्ता गराउनु पर्नेछ । दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको छ । ४ः१५ बजे दर्ता गरिएका उम्मेदवारको नाम प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।

प्राप्त प्रस्तावहरू बिहीबार बिहान बस्ने प्रतिनिधि सभा बैठकमा पेस हुनेछन् । सभामुख चयनका लागि माघ ५ गते प्रतिनिधि सभाको बैठक बोलाइएको छ । एक मात्र उम्मेदवार भएको अवस्थामा भने सभामुख चयन निर्विरोध हुनेछ । मतदानमा जानुपरे सभामा तत्काल कायम रहेका सदस्य सङ्ख्याको बहुमतबाट निर्वाचित गरिने छ । कुल २७५ सदस्यीय प्रतिनिधि सभामा निर्वाचित हुन कम्तीमा १३८ सदस्यको आवश्यकता पर्नेछ ।

तर, अहिलेसम्म पनि सभामुख दाबी गरिरहेका दलहरुले उम्मेदवार तय गर्न सकेका छैनन् । प्रधानमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रपति र सभामुख लिने सहमति गरेको नेकपा (एमाले) ले समेत सभामुखको उम्मेदवार तोक्न सकेको छैन । एमालेले सभामुख कसलाई उम्मेदवार बनाउने औपचारिक छलफल समेत थालेको छैन ।

संसद्को सबैभन्दा ठूलो पार्टी अनि गठबन्धन आफैसँग हुँदा व्यवस्थापकीय कुशलता देखाउन नसकेर नेपाली कांग्रेस संसद्मा प्रमुख प्रतिपक्षको भूमिकामा पुगेको छ । सत्ता गठबन्धनको घटक माओवादी प्रधानमन्त्री नपाएर एमालेसँग सहकार्य गर्दै प्रचण्ड प्रधानमन्त्री बनेपछि कांग्रेस प्रतिपक्षी भूमिकामा खुम्चिएको हो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७