बागमतीका मुख्यमन्त्री जमरकट्टेलले आज शपथ लिँदै, तीन सदस्यीय मन्त्रिपरिषद गठन गर्ने


२०७९ पौष २६ मंगलबार १५:२९ बजे

मकवानपुर । बागमती प्रदेशका नव नियुक्त मुख्यमन्त्री शालिकराम जमरकट्टेलले आज (मंगलबार) पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

उनलाई आज बिहान साढे ९ बजे प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ ग्रहण गराउने तयारी रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । मुख्यमन्त्री जमरकट्टेलले पहिलो चरणमा ३ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् । उनले नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट एक/एक जनालाई मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।

मुख्यमन्त्री जम्कट्टेलले नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपाका संसदीय दलका नेता उद्धव थापालाई नियुक्त गर्ने तयारी गरेका हुन् । एमाले नेता थपलिया आर्थिक मामिला तथा योजना मन्त्रालयको नेतृत्व गर्दै सरकारमा सहभागि हुने तयारी रहेको छ भने राप्रपाका थापाको मन्त्रालय हालसम्म टुंगो लागेको छैन् ।

माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री जमरकट्टेललाई नेकपा एमालेका २७, माओवादीका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादी ७ र हाम्रो नेपाली पार्टीका २ जना गरी ७० जना सांसदहरुको समर्थन रहेको छ ।

११० प्रदेश सदस्सीय रहेको बागमतीमा ४ मंसिरमा भएको निर्वाचनमा बागमतीमा नेपाली कांग्रेसका ३७ जना, एमालेका २७ जना, माओवादीका २१ जना, राप्रपाका १३ जना, नेकपा एकीकृत समाजवादीका ७ जना, नेपाल मजदुर किसान पार्टीका ३ जना, हाम्रो नेपाली पार्टीका २ जना निर्वाचित भएका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७