निजी क्षेत्रलाई सरकारले विभेद गरेको छैन : अर्थमन्त्री शर्मा


२०७९ मङ्सिर २८ बुधबार १९:२४ बजे

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्र आर्थिक विकासको एउटा पांग्रा भएको बताएका छन् । आज (बुधबार) नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को छैटौं महासभामा बोल्दै मन्त्री शर्माले निजी क्षेत्रलाई निरास नहुन आग्रह गरेका छन् ।

‘निजी क्षेत्रलाई सरकारले विभेद गरेको छैन । आर्थिक विकासमा हामी सबै एक ठाउँमा हुनुपर्छ । नीतिगत सुधार के गर्नुछ, त्यो गर्दै जानुपर्छ’, उनले थपे, ‘निजी क्षेत्र आर्थिक विकासको सहयात्री हो । तपाईंहरू निरास नहुनुस् । सरकारकै अंगको रूपमा तपाईंहरू हुनुहुन्छ ।’ उनले उत्पादनमुखी अर्थतन्त्र आवश्यक रहेको भन्दै यसतर्फ निजी क्षेत्रले ध्यान दिनुपर्नेमा जोड दिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७