९२ किलो गाँजासहित तीन जना पक्राउ
सिरहा । सिरहा प्रहरीले जिल्लाको उत्तरवर्ती धनगढीमाई नगरपालिका– १२ कुसमाहा खुट्टीखोला क्षेत्रबाट प्रतिबन्धित गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिराहा भगवानपुर गाउँपालिका– ४ का ४४ वर्षीय शिवनाथ मण्डल, ५५ वर्षीय बेचु मण्डल र सप्तरीको बोदेबर्साइन नगरपालिका– ९ का ४८ वर्षीय रामकुमार साह छन् । सिराहा प्रहरीका अनुसार उनीहरूले चार वटा प्लाष्टिकको बोरामा प्याक गरिएको ९२ किलो गाँजा बोकेर उत्तरबाट दक्षिणतिर आउँदै थिए ।
पक्राउ परेकाहरूविरुद्ध प्रहरीले लागूऔषध मुद्दामा सिराहा जिल्ला अदालतबाट अनुसन्धानका लागि सात दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाइएको सिरहा प्रहरीका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले जानकारी दिए । इलाका प्र्रहरी कार्यालय लाहान र विष्णुपुरकट्टीको संयुक्त टोलीले चार दिनअघि पनि गाँजासहित तीनजनालाई पक्राउ गरेको थियो ।