फिरौती मागेर ज्यान मार्ने धम्की दिने चार पक्राउ


२०७४ चैत ३० शुक्रबार ०८:३३ बजे
काठमाडौँ, २९ चैत (रासस) । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले रु दुई करोड फिरौती मागी ज्यान मार्ने धम्की दिने चारजनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले गोरखा सुलिकोट घर भई काठमाडौँ खुशिबुँ नयाँ बजार बस्ने जग्गा व्यवसायी हरिप्रसाद सापकोटा र अन्य व्यवसायीसँग फिरौती माग्ने गोरखाका चेतबहादुर गुरुङ, सोमबहादुर गुरुङ, वीरबहादुर गुरुङ र सुनिल ढकाललाई बुधबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । उनीहरुले आफूहरु नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता भन्दै रु दुई करोड माग गरेका थिए । साथै उनीहरुले भारतीय नम्बरबाट समेत फोन र एसएमएस गरेर धम्की दिने र पैसा नदिए बम हानेर ज्यान मार्ने धम्की दिएको अनुुसन्धानमा खुल्न आएको छ । पक्राउ व्यक्तिलाई अपहरण तथा शरीर बन्धक उद्योग मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट आज पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७