इन्टरको आधा दर्जन गोल


२०७९ कार्तिक २४ बिहीबार ०९:४५ बजे

काठमाडौं । इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा बोलोग्नालाई ६–१ अन्तरले पराजित गरेको छ । घरेलु मैदानमा एक गोलले पछि परेको इन्टर पुनरागमन जित निकाल्न सफल भएको हो ।

इन्टरको जितमा फेडरिको डिमार्कोले दुई गोल गरेका थिए । यसैगरी इडेन जेको, लोउटारो मार्टिनेज, हकान चलहानोग्लु र रोविन गोसेन्सले समान एक –एक गोल गरे । बोलोग्नाका ल्योकोजियानिसले एक गोल फर्काएका थिए ।

जितसँगै इन्टर १४ खेलबाट २७ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । पराजित बोलोग्ना १६ अंक जोडेर १३औं स्थानमा छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७