प्रधानसेनापति र पाकिस्तानका राजदूतबीच भेटवार्ता
काठमाडौं । प्रधान सेनापति महारथी प्रभुराम शर्मासँग नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाहले शिष्टाचार भेटवार्ता गरेका छन् । मंगलबार प्रधान सेनापति र राजदूतबीच जङ्गी अड्डामा भेट भएको हो ।
नेपालका लागि मित्रराष्ट्र पाकिस्तानका महामहिम राजदूतले आफ्नो कार्यकाल समापन गरी स्वदेश फिर्ता जान लागेको अवसरमा भेटघाट गरेका हुन् । उक्त भेटघाटमा प्रधान सेनापति महारथी शर्माले महामहिम राजदूतले पूरा गरेको सफल कार्यकालको लागि बधाई दिँदै सुखद् भविष्यका लागि शुभकामना समेत दिए ।