दार्चुला बाढी-पहिरोमा बेपत्ता १० जनाको अवस्था अज्ञात, खोजी कार्य जारी


२०७९ भदौ २९ बुधबार १४:४२ बजे

दार्चुला । यही भदौ २४ गते शुक्रबार राति दार्चुलामा बाढी र पहिरोमा परी बेपत्ता भएका १० जनाको अवस्था अझै अज्ञात छ ।
घटना भएको छ दिनसम्म पनि बाढी पहिरोमा परी बेपत्ता भएकाहरु फेला परेका छैनन् ।

बेपत्ता भएकाको खोजी कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले खोजी कार्य जारी नै राखेको भए पनि अहिलेसम्म नभेटिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।

शुक्रबार रातिको अविरल वर्षाले जिल्लाको महाकाली नगरपालिका-३ मा रहेको दशरथ आधारभूत विद्यालयमा पूणर् क्षति पुर्‍याएको थियो । लास्को खोलाको बाढीले डुङ्री विद्युतको पावर हाउस, दुई झोलुङ्गे पुल र एक मोटरेबल पुल बगाएको थियो ।

बङ्गाबगरस्थित पार्किङमा राखेका जीप छ, कार एक, ट्याक्टर एक, जेसिबी एक गरी जम्मा नौ वटा सवारीसाधन हराएका थिए । त्यस्तै ४२ घरमा पूणर् क्षति भएको थियो भने नौ वटा घरमा आंशिक क्षति भएको छ । बङ्गाबगर र लास्को क्षेत्रका ४० घर अझै पनि उच्च जोखिममा रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक तर्कराज पाण्डेयले जानकारी दिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७