एमाले नेता भेटवालको अवस्था गम्भिर, सारियो आइसियुमा


१६:१४ बजे
काठमाडौं, १९ चैत : क्यान्सरबाट पीडित एमाले नेता जागृतप्रसाद भेटवालको अवस्था गम्भीर बनेको छ । स्वास्थ्य अवस्था बिग्रन थालेपछि उनलाई बीर अस्पतालको आइसियुमा सारिएको छ । क्यान्सरको अन्तिम स्टेजमा रहेको भेटवालको शरीरका सबै अङ्गमा क्यान्सरको संक्रमण फैलिइसकेको चिकित्सकहरुले बताएका छन् । उनलाई ०६२ सालदेखि नै यो समस्या थियो । ०६६ सालमा राम्रोसँग उपचार गरेपछि क्यान्सर भएको पुष्टि भयो । उनलाई शुरुमा प्रोस्टेटको क्यान्सर देखिएको थियो । नेता भेटवालको अवस्था गम्भीर बन्दै गएको प्रदेश–३ का सांसद विजय सुवेदीले जानकारी दिएका छन् । मेडिसिटी अस्पतालमा उपचार गराईरहेका नेता भेटवाललाई स्वास्थ्य अवस्था गम्भिर बनेपछि वीर अस्पतालमा लगिएको हो । नेता भेटवाल डेढमहिना अघिबाट काठमाडौंमा नै उपचार गराइरहेका छन् । पहिलो मिडसिटी अस्पतालमा उपचार गराइरहेको नेता भेटवाललाई फाल्गुण १३ गते एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गरी उपचारमा कुनै कमी नगर्न निर्देशन दिएका थिए । ओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि नेता भेटवाललाई अस्पतालमा भेट गरेका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७