मजदुरको आन्दोलनले सुनकोशी-मरिण डाइभर्सन आयोजनाको काम ठप्प

सिन्धुली । सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्य रोकिएको छ । मजदुरको आन्दोलनले राष्ट्रिय गौरवको आयोजनाको काम ठप्प भएको हो ।
सिन्धुलीको कमलामाई नगरपालिका कुसुमटार क्षेत्रमा सञ्चालित सोही आयोजनामा काम गर्दै आएका मजदुर तलब भत्ताको विषयलाई लिएर आन्दोलित भएपछि निर्माण कार्य ठप्प भएको छ ।
पारित भएको जिल्ला दररेट बराबरको पारिश्रमिक नपाएसम्म काम ठप्प पार्ने मजदुरले चेतावनी दिएका छन् । मजदुरहरुले आफूहरुको माग सम्बोधन नभएसम्म आयोजनाको सम्पूणर् काम बन्द गर्ने चेतावनी समेत दिएका छन् ।