एसपीपीबारे सेनाले जानकारी नै गराएन : ज्ञवाली


२०७९ असार ४ शनिबार १७:०९ बजे

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले उपमहासचिव एवम् पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एसपीपी अघि बढाउँदा परराष्ट्र मन्त्रालय र राजनीतिक नेतृत्वलाई नेपाली सेनाले जानकारी नै नदिएको दाबी गरेका छन् ।

मदन भण्डारी फाउन्डेशनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले रक्षा मन्त्रालयलाई सो प्रक्रियाबारे के गर्ने भनेर नेपाली सेनाले अनुरोध गरेको तथा मन्त्रालयको प्रतिनिधिलाई पनि सामेल गराएर सो प्रक्रिया अघि बढाउनु भनेपछि सो प्रक्रिया अघि बढाएको देखिएको बताए ।

ज्ञवालीले २०७२ साल असोज १३ गते एसपिपी प्रक्रिया अघि बढाउनू भन्ने निर्देशन दिँदा रक्षा मन्त्रालयको जिम्मेवारी तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले सम्हालेको स्मरण गराए । नेपाली सेनाले अमेरिकी राजदूतावासलाई एसपीपीबारे पत्राचार गर्दा केपी ओली प्रधानमन्त्री भए पनि कुनै जानकारी नदिइएको बताए ।

उनले भने, ‘नेपाली सेनाले एसपीपीबारे निर्देशन पाउँ भनेर रक्षा मन्त्रालयलाई पत्राचार गरेको देखियो । तर, संविधान, कानुन, तालुकदार मन्त्रालयसँग कुनै परामर्श गरेको देखिएन । जंगी अड्डाले पत्र पठायो । रक्षा मन्त्रालयले मेरो पनि प्रतिनिधि राखेर अघि बढाउनू भनेको पाइयो । सेनाले पत्राचार गर्‍यो । त्यो कुरा तालुकदार मन्त्रालय र राजनीतिक नेतृत्वलाई सामेल गराएको प्रमाण लिखत भेटिदैन । सम्भवतः सेनाले ठान्यो-रक्षा मन्त्रालयले गो अहेड भनेको छ ।’ ज्ञवालीले नेपालको परराष्ट्र नीति सही भए पनि त्यसको व्यवहारिक प्रयोगमा कठिनाई हुने गरेको बताए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७