चितवनमा नरभक्षी बाघ नियन्त्रण


२०७९ असार ३ शुक्रबार २१:४५ बजे

चितवन । चितवन राष्ट्रिय निकुञ्जको टोलीले भरतपुर-२७ को राधाकृष्ण सामुदायिक वन क्षेत्रबाट एउटा नरभक्षी बाघलाई नियन्त्रणमा लिएको छ ।

निकुञ्जका कर्मचारी, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु चिकित्सक सम्मिलित टोलीले बिहीबार साँझ नरभक्षी बाघलाई डार्ट (लठ्याएर) गरेर नियन्त्रणमा लिएको हो । उक्त बाघले बिहीबार बिहान मात्रै स्थानीय २३ वर्षीया रेखा बस्नेतलाई आक्रमण गरेर मारेपछि निकुञ्जको टोलीले बाघलाई नियन्त्रणमा लिएको हो ।

भरतपुर-२७ स्थित राधाकृष्ण सामुदायिक वनमा निगुरो टिप्न जाँदा बिहीबार बिहान ८ बजे बस्नेतलाई बाघले आक्रमण गरी बेपत्ता बनाएको थियो । घटनास्थलबाट केही पर उनको शव फेला परेको थियो । डार्ट गरेर बेहोस भएपछि पिँजडामा राखिएको बाघलाई बिहीबार साँझै निकुञ्ज कार्यालय लगिएको छ ।

अब केही समय उक्त नरभक्षी बाघलाई इन्क्लोजरमा राखिने निकुञ्जले जनाएको छ । गएको जेठ २४ गते पनि चितवनको घैलाघारीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको थियो । रेखालाई आक्रमण गर्ने बाघले नै ती महिलालाई पनि आक्रमण गरेको अनुमान निकुञ्जका कर्मचारीले गरेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७